०३ साउन २०८३, आइतबार

स्याङ्जाको हरिनास-१ मा कांग्रेस विजयी

बैशाख ३१, २०७९
स्याङ्जाको हरिनास-१ मा कांग्रेस विजयी

स्याङ्जाको हरिनास गाउँपालिका-१ मा नेपाली कांग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन् । 

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी भएका गुरुङले ८०४ मत प्राप्त गरेका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे । 

दुई वडाध्यक्षका बीचमा २६२ को मतान्तर छ । 

त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी भएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए । 

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै शुरूआती अग्रता रहेको जनाइएको छ । गठबन्धनका तर्फबाट कांग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ । 

स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिकामा ९७ वडा छन् । 

salt training

कमेन्ट गर्नुहोस्