
चितवनको भरतपुर महानगरपालिकामा मतगणना शुरु भएको छ ।
बिहान ९ बजेबाट मतगणना शुरु गर्ने भनिएपनि राजनीतिक दलबीच सहमति हुन नसक्दा करिब साढे २ घण्टा ढिलो गरेर मतगणना शुरु भएको छ ।
मतगणना स्थलमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट मेयरको उम्मेदवार रेनु दाहाल छिन् । एमालेका विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल छन् ।