०३ साउन २०८३, आइतबार

रोल्पामा गोला प्रथाद्वारा माओवादी केन्द्र विजयी

बैशाख ३१, २०७९
रोल्पामा गोला प्रथाद्वारा माओवादी केन्द्र विजयी

रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगीबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो । दुवै उमेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथाबाट नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगी विजयी भएका छन् ।

सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्