०३ साउन २०८३, आइतबार

इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा जसपाको जीत

इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा जसपाको जीत

इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा  हेमन्त राई ३ हजार ८१८ मत सहित विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् ।

कांग्रेसका इदिङ्गोले ३ हजार ४ सय ९५ मत ल्याएका छन् ।

उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विनोदकुमार नेम्बाङ ३ हजार ७२९ मत सहित विजयी भएका छन् । 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी सुनिता सुब्बाले ३ हजार ४६ मत पाएकी छन् ।  

salt training

कमेन्ट गर्नुहोस्