२२ असार २०८३, सोमबार

पोखरा अपडेटः मेयरमा झण्डै ५ सय भोटले धनराजको अग्रता

पोखरा अपडेटः मेयरमा झण्डै ५ सय भोटले धनराजको अग्रता

पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य ५ सय मतान्तरले अगाडि देखिएका छन् ।

सोमवार अपरान्हसम्मको मतगणनामा नेकपा एसका उम्मेदवार आचार्यले ४ हजार ८४८ मतसहित अग्रता कायम गरेका हुन् । 

नेकपा एमालेका कृष्ण थापाले ४ हजार ३५२ मत प्राप्त गरेका छन् । दुई बीचको मतान्तर ४ सय ९६ छ । यद्यपि यो प्रारम्भिक मतगणना मात्र हो । 

उपमेयरमा ४ हजार ९९३ भोटसहित नेपाली कांग्रेसकी कोपिला रानाभाट अग्रस्थानमा छिन् ।

मतगणना चल्दै गर्दा पोखरामा एमाले उम्मेदवार थापालाई हराउन एमालेभित्रै अन्तर्घात भएको चर्चा चलेको छ । 

salt training

कमेन्ट गर्नुहोस्