०२ साउन २०८३, शनिबार

अछामको चौरपाटीमा कांग्रेसका साउद निर्वाचित, उपाध्यक्षमा खड्का

अछामको चौरपाटीमा कांग्रेसका साउद निर्वाचित, उपाध्यक्षमा खड्का

अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भीम साउद विजयी भएका छन् । 

साउद ३ हजार ९८२ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर आउजीले २ हजार ५०६ मत पाए ।

निवर्तमान अध्यक्ष नेकपा एकीकृत समाजवादीका हर्क साउदले एक हजार ४७४ पाए । उनले २०७४ सालको निर्वाचनमा १ मतले  भीम साउदलाई हराएका थिए ।

यस्तै  उपाध्यक्षमा नेपाली कांग्रेसकी सरदेवी खड्का ३ हजार ७३४ मत सहित विजयी भइन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अनिता खड्काले २ हजार ४९१ प्राप्त गरिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्