
ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले जितेको छ।
कांग्रेसका उम्मेदवार गणेश केसीले ३ हजार ४५५ मतसहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिष्पर्धी एमालेकी कमला लामा तामाङले २८८७ मत ल्याइन्।
उपाध्यक्षमा भने सत्ता गठबन्धनका तर्फबाट माओवादीले जितेको छ।