०२ साउन २०८३, शनिबार
स्थानीय चुनाव

जहाँ पञ्चायतदेखि गणतन्त्रसम्म उनै छन् जनप्रतिनिधि, सधैँ चुनाव जित्ने गुमानसिंहको के हो राज ?

जहाँ पञ्चायतदेखि गणतन्त्रसम्म उनै छन् जनप्रतिनिधि, सधैँ चुनाव जित्ने गुमानसिंहको के हो राज ?

लमजुङको वेसीशहर नगरपालिकामा एमालेले प्रमुख र उप्रमुख दुवै पदमा जितेको छ । 

एमालेका गुमानसिंह अर्याल प्रमुखमा र पदमा गुरूङ उपप्रमुखमा विजयी भएका हुन् । मेयरमा निर्वाचित गुमानसिंह अहिले चाैथाे पटक जनप्रतिनिधि निर्वाचित भएका हुन् । उनी पञ्चायतकालदेखि नै जनप्रतिनिधिकाे भूमिकामा छन् । 

अर्यालले कांग्रेसका श्रीकान्त घिमिरेलाई २ हजार ८ मतको अन्तरले पराजित गरेका हुन् । 

अर्यालले ९ हजार ४७९ मत ल्याउँदा घिमिरेले ७ हजार ४७१ मत मात्रै पाएका थिए । 

उपप्रमुखमा एमालेकी पदमा गुरूङले माओवादी केन्द्रका हरिजंग तामाङलाई पाराजित गरेकी हुन् । 

गुरूङले ८ हजार ७९४ मत पाउँदा माओवादी केन्द्रका तामाङले ४ हजार ६९९ मत पाएका थिए । 

वेसीशहरमा कांग्रेस र माओवादी केन्द्रले एमालेविरूद्ध चुनावी तालमेल गरेका थिए । एमालेले गठबन्धनलाई पराजित गरेको हो । 

अर्यालको निरन्तर जित

अर्याल २०४३ सालमा पहिलो पटक बेसीशहर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । पञ्चायती शासनविरुद्ध जनपक्षीय उम्मेदवार बनेका अर्याल बेसीशहर गाविसको प्रधानपञ्च थिए ।

२०५४ सालमा एमालेबाट उम्मेदवार बनेका उनी फेरि गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनलाई एमालेले २०७४ को स्थानीय निर्वाचनमा वेशीसहर नगरपालिकाको मेयरको टिकट दिएको थियो । त्यसबेला, पनि उनले ७ हजार ६२४ मत ल्याएर विजयी भएका थिए । त्यसबेला कांग्रेस सभापति समेत रहेका भेषबहादुर पौडेल पराजित भएका थिए ।

अर्यालले २०५४ को निर्वाचनमा भेषबहादुरका बुबा तिलकबहादुर पौडेललाई पराजित गरेका थिए । बाबुछोरालाई हराएर बेसीशहरको जनप्रतिधिमा अर्यालले चर्चा बटुलेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्