
काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहको मत १८ हजार नाघेको छ ।
४६ हजार १८७ मत गन्दा बालेनले १८ हजार १६ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९ हजार ३१९ मत पाएका छन् ।
स्थापितभन्दा बालेनले ८ हजार ६८७ मत बढी ल्याएका छन् ।
यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार ३७२ मत ल्याएकी छन् ।