
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ।
नगर प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ ११ हजार ३९६ मतका साथ विजयी भएका हुन्।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ता भण्डारीले नौ हजार ५३५ मत प्राप्त गरिन्।
उपप्रमुखमा एमालेकै मिश्रा आचार्य विजयी भएकी छन्। आचार्यले नौ हजार ६४६ मत प्राप्त गरिन्।
गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राजेन्द्र भुसालले नौ हजार १६८ मत ल्याए।