०२ साउन २०८३, शनिबार
काठमाडाैंकाे मतगणना

महाबौद्ध क्षेत्रको २०० मत गन्दा बालेनलाई ३२, केशवलाई ११८ मत

महाबौद्ध क्षेत्रको २०० मत गन्दा बालेनलाई ३२, केशवलाई ११८ मत

काठमाडौं महानगरको वडा नम्बर २७ को २०० मत गणना गर्दा केशव स्थापितले ११८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार बालेन साहले जम्मा ३२ मत मात्रै पाएका छन् । 

उक्त वडामा गठबन्धनको तर्फबाट कांग्रेसको उम्मेदवार सिर्जना सिंहलाई ७ मत मात्रै आएको छ । 

न्यूरोडको महाबौद्ध क्षेत्र काठमाडौं महानगरको २७ नम्बर वडामा पर्छ । यो क्षेत्रलाई काठमाडौंको भित्रि बस्तिको रुपमा चिनिन्छ ।

काठमाडौंको भित्रि वस्तिमा आफूलाई धेरै मत आउने दावी केशव स्थापितले गर्दै आएका छन् । 

अहिलेसम्मको मत गणनामा बालेन्द्रले २३ हजार ५८४ मत ल्याएका छन् । स्थापितले १२ हजार ६४३ मत मात्रै पाएका छन् । सिर्जना श्रेष्ठले भने ११ हजार ६८३ मत पाएकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्