असार १२, २०७९
युनाइटेड सिमेन्ट्सले ललितपुरको लेलेमा रहेका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ । कम्पनीले लेलेस्थित महादेव खोलाका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ...
सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ ।
प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि सहकार्य गरेका छन् ।
यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन् । वार्षिक ११ सय आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका यी ४ हिमालमा आरोही सँग–सँगै ठुलो मात्रामा फोहोर पनि भित्रिन्छन् जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको छ ।
यहि समस्या समाधान गर्नका लागि गत अप्रिल ५ बाट हिमाल सरसफाई अभियान शुरु गरिएको थियो जसमा अहिलेसम्म ४ वटा हिम–शृंखलाहरुबाट २९,९९८ के जी (५,२०४ केजी कुहिने र २४,७९४ केजी नकुहिने) फोहोर संकलन भइसकेको छ । यी फोहरहरुमा रित्तो अक्सिजन क्यानिस्टरहरु, पाल, खानेकुराका कन्टेनरहरु, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु आदि रहेका छन् । अभियानलाई तीव्रता दिँदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य सहित हिमाल सरसफाई भइरहेको छ ।
अभियानको बारेमा बोल्दै क्याम्पेन डिरेक्टरले भने, “अत्याधिक प्रतिकुल मौसम, चोट–पटकको सम्भावना र उच्च जोखिम भएकोले गर्दा हिमालको यात्रा चुनौतिपूर्ण हुन्छ । हाम्रो एक्स्पेडिसन टिमका सदस्यहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै हामीले अहिले सम्मको यात्रा तय गरेका छौँ । र यसैलाई निरनतरता दिँदै हामी यो अभियानलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न सक्दो प्रयास गर्नेछौं ।”
नेपाली सेना र विभिन्न सरोकारवालाहरुको अगुवाईमा सञ्चालित यस हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान मध्यको एक हो र यो अभियानको तेस्रो संस्करण हो जसमा कोका–कोला फाउन्डेसन लगातार ३ वर्षदेखि प्रमुख साझेदार रहेको छ । हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्य सहित ४ वटा हिम–शृंखलाहरुको सरसफाई गरी यो अभियान सञ्चालन गरिएको हो । यस वर्षको अभियानको नारा “हिमाल बचाउने प्रयास; हाम्रो हिमाल, हाम्रो दायित्व” रहेको छ ।
स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित साझेदारहरूसँगको समन्वयमा यो अभियान अघि बढिरहेको छ । यस अभियानबाट सङ्कलन गरिएका फोहोरलाई रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ । यो अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा समापन गरिने बताइएको छ ।
युनाइटेड सिमेन्ट्सले ललितपुरको लेलेमा रहेका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ । कम्पनीले लेलेस्थित महादेव खोलाका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ...
सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ । गत असार १ गते देखि असार ९ गतेसम्म तालिम आयोजना गरिएको थियो । देशभरी फैलिएका सिप्रदी...
सिटिजन्स बैंक इन्टरनेसनलले शाखा रहित बैंकिङ्ग सेवा विस्तारलाई जारी राखेको छ । यसै क्रममा बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ७ स्थित तोरीबारीमा असार ६ गतेबाट ९५ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्राभर...
नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा सार्वजनिक गरेको छ । नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले नया...
कुमारी जबद्वारा सञ्चालित “प्रोफेसनल एच आर ट्रेनिङ” सम्पन्न भएको छ । नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवी र दक्ष व्यक्तित्वहरूरा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो । ...
अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ। नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न स...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...