०४ साउन २०८३, सोमबार

रौतहटको राजपुरमा आफ्ताब आलमका छोरा रजिक निर्वाचित

रौतहटको राजपुरमा आफ्ताब आलमका छोरा रजिक निर्वाचित

नेपाली कांग्रेसका निलम्बित सांसद आफ्ताब आलमका छोरा मोहम्मद रजिक आलम नगर प्रमुखमा निर्वाचित भएका छन्। 

रौतहटको राजपुर नगरपालिकाको प्रमुखमा २ हजार ५८४ मतको अन्तरले विजयी भएका हुन्। 

आफ्ताब आलम हत्या मुद्दामा ललितपुरको नख्खु जेलमा थुनामा रहेका बेला उनको उत्तराधिकारीको रुपमा छोराले कांग्रेसबाट टिकट पाएका थिए।

६ हजार ३३५ मत ल्याएर उनी विजयी हुन सफल भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका मोहम्मद जैद आलम ३ हजार ७५१ मत र नेकपा एमालेकी शर्मिला कोइरालाले ३ हजार १०१ मत ल्याएका छन्। 

त्यसैगरी उपप्रमुखमा पनि कांग्रेसकी जमिला असगरी ६ हजार २६८ मत ल्याएर निर्वाचित भएकी छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी जस्पाकी चिन्ता कुमारी कलवारले ३ हजार ६२९ मत र नेकपा एमालेकी शेख नसरुल्लाहले २ हजार ७७५ मत ल्याएकी छन्।

२०७४ को निर्वाचनमा पनि उक्त नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहम्मद सकिल अख्तर ४ हजार ३८८ मत ल्याएर निर्वाचित भएका थिए। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका हरिनारायण शाह कलवारले २ हजार १२९ मत ल्याएका थिए।

त्यसै गरी उपप्रमुखमा कांग्रेसकी जफिरा खातुन ४ हजार २३९ मत ल्याएर निर्वाचित भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्ति पार्टीबाट शर्मिला कोईरालाले २ हजार २०५ मत ल्याएकी थिइन्।
 

salt training

कमेन्ट गर्नुहोस्