×

NIC ASIA

बाँकेमा ६ पालिकाको मत परिणाम सार्वजनिक, एमाले वडामा सीमित

जेठ ७, २०७९

Prabhu Bank
NTC
Premier Steels

बाँकेका आठ स्थानीय तहमध्ये छ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै कोहलपुर नगरपालिका र नरेनापुर गाउँपालिकाको मत परिणाम आउन बाँकी छ । जिल्लाको विभिन्न स्थानीय तहमा नेपाली कांग्रेसले सबैभन्दा बढी पाँच पालिका जितेको छ । एकमा माओवादी केन्द्रले जित हासिल गरेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा चार पालिका जितेको एमालेले पालिकाको वडामा मात्रै चित्त बुझाउनुपरेको छ ।

Muktinath Bank

बाँकेको राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको छ । अन्तिम परिणाम घोषित हुन बाँकी कोहलपुर नगरपालिकामा कांग्रेस र नरैनापुरमा जसपा अग्रस्थानमा रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    राप्तीसोनारी गाउँपालिकामा कांग्रेसका तप्त पौडेलले १० हजार ११२ मत ल्याएर अध्यक्षमा र मनिषा सिंह थारुले १० हजार १३४ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका छन् । पौडेलका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पट्टु थारुले नौ हजार २९२ मत प्राप्त गरे भने एमालेका रामदास थारुले नौ हजार १२४ मत प्राप्त गरे । 


Advertisment
Nabil box
Kumari

    नौ वडा रहेको राप्तीसोनारीमा कांग्रेसले अध्यक्ष–उपाध्यक्षमा मात्र जित हासिल गरेको छ । सो पालिकामा एमालेले पाँच, माओवादी केन्द्रले तीन र राप्रपाले एक वडामा जित निकालेको छ । डुडुवा गाउँपालिकामा कांग्रेसका नरेन्द्र चौधरी र शाहिदा बानो दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । अध्यक्ष चौधरीले छ हजार २७२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका भण्डारीलाल यादवले पाँच हजार १२५ मत प्राप्त गर्दा एमालेका सरोजकुमारी यादवले तीन हजार ७११ मत प्राप्त गरे । 

Vianet communication

उपाध्यक्षमा शाहिदाले पाँच हजार ८६४ मतले विजयी हुँदा जसपाका तरन्नुम बानोको चार हजार ७५४ मत आयो । यसैगरी एमालेका शकिल खानको चार हजार १५८ मत आयो । छ वडा रहेको सो पालिकामा एमाले दुई, जसपाले तीन र कांगे्रसले एक वडामा जित हासिल गरेको छ ।

नेपालगञ्ज उपमहानगरमा जसपा–कांग्रेस गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रशान्त विष्टले २३ हजार ४६० मत प्राप्त गरी विजयी भए। उनले एमालेका पशुपति दयाल मिश्रलाई झण्डै दोब्बर मत अन्तरले पछाडि पार्दै जित हासिल गरे । नेपालगञ्जलाई राप्रपाको गढको रुपमा परिभाषित गरिएपनि अहिले त्यो वर्चश्व कायम हुन सकेन । 

उपप्रमुखमा गठबन्धनबाट जसपाका कमरुद्दीन राईले १७ हजार ९५० मत ल्याएर विजयी हुँदा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९१५ मत ल्याएर दोस्रो र राप्रपाकी विन्दु चर्तीमगरले १० हजार १३५ मत प्राप्त गरे । २३ वडा रहेको नेपालगञ्जमा उपप्रमुखसहित छ वडा जितेर जसपा पहिलो पार्टी, मेयरसहित पाँच वडा जितेर कांग्रेस दोस्रो, पाँच वडा जितेर एमाले तेस्रो, चार वडा जितेर माओवादी केन्द्र चौथो र तीन वडामा जित निकालेर राप्रपा पाँचौँ स्थानमा पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा कुल मतदाता सङ्ख्या ८१ हजार ७९४ रहेको छ । त्यसमा कूल ६१ हजार २०५ मत खसेको थियो । 

बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर विक तुफान अध्यक्षमा विजयी भए । उनले १० हजार ७९० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सुमन मल्लले नौ हजार १३७ मत प्राप्त गरे । 

    सो गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी उपाध्यक्ष मञ्जु मल्लले १० हजार ३४ मत प्राप्त गरी विजय हासिल गरिन् । ८ वडा रहेको खजुरामा माओवादी केन्द्रले चार, कांगे्रस तीन  र एमालेले एक वडा जितेको छ ।

जानकी गाउँपालिकामा नेपाली कांग्रेसका छब्बन खाँले छ हजार ६५३ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमांशु यादवको चार हजार ७९५ मत आयो ।  उपाध्यक्षमा नेपाली काँग्रेसकी रामप्यारी यादवले छ हजार ६०९ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम प्रातिस्पर्धी एमालेकी भूमिसरा धितालले तीन हजार ४५६ मत प्राप्त गरिन्। छ वडा रहेको सो पालिकामा माओवादी केन्द्रले एक, जसपाले दुई, कांग्रेसले तीन वडामा जित हासिल गरेको छ ।

जिल्लाको वैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसका प्रकाश शाहले १२ हजार १८० मत प्राप्त गरेर विजयी भए। उनका निकटतम प्रातिस्पर्धी एमालेका घननाथ खनालले १० हजार ३८२ मत प्राप्त गरे । माओवादी केन्द्रका दीपेन्द्र शाहले पाँच हजार २१४ मत प्राप्त गरे । 

वैजनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका निर्मला रोकायले १२ हजार १५२ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेकी प्रेमपूर्णा योगीले १० हजार ७३३ मत ल्याइन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x