२८ असार २०८३, आइतबार

अन्तिम चरणमा पुग्यो वीरगञ्जको मतगणना, जसपाका उम्मेदवारले बनाए १५ हजार बढीको मतान्तर

अन्तिम चरणमा पुग्यो वीरगञ्जको मतगणना, जसपाका उम्मेदवारले बनाए १५ हजार बढीको मतान्तर

पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा  जसपाका उम्मेदवार राजशमान सिंहले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् । जारी मतगणनामा उनले ३३ हजार ३१५ मत ल्याएका छन् ।  सोमबार बिहान प्राप्त मतपरिणामअनुसार नेकपा एमालेका महानगर प्रमुखका उम्मेदवार बिजय सरावगीले मात्र १७ हजार ४२० मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका गिरीश गिरीले भने २ हजार ४७४ मत प्राप्त गरेका छन् । 

उपमेयरमा गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमले २२ हजार ८१३ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ५ हजार ५५९ मत प्राप्त गरेका छन् । वीरगन्जको मतगणना अन्तिम चरणमा पुगेको छ । अब ३ वटा वडाको मात्रै मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्