०२ साउन २०८३, शनिबार

काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता, कसको कति मत ?

काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता, कसको कति मत ?

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजार ५३४ मत ल्याएका छन् । 

१ लाख २८ हजार ७२० मत गणना गर्दा साहले सो मत ल्याएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९०८ मत ल्याएकी छन् । 

जारी मतगणनाअनुसार साहले सिंहभन्दा १७ हजार ६२६ मतले अग्रता कायम राखेका छन् ।

नेकपा एमालेका केशव स्थापितले २५ हजार ६४५ मत ल्याएका छन् । 

जारी मतगणनामा महानगरको उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ४६ हजार ४५० मत सहित अग्रता कायम राखेकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १५ हजार ४२९ मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्