०५ साउन २०८३, मंगलबार

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, कसको कति मत ?

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, कसको कति मत ?

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।  

जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन् । 

  यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा छिन् ।  उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन् । 

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०,  २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

 कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्