०३ साउन २०८३, आइतबार

काठमाडौं अपडेटः बालेनको मत ४६ हजार नजिक, केशव र सिर्जनाको कति ?

काठमाडौं अपडेटः बालेनको मत ४६ हजार नजिक, केशव र सिर्जनाको कति ?

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ४६ हजार नजिक पुगेको छ । 

बिहान साढे ११ बजेसम्म एक लाख ३४ हजार ८७ मत गन्दा बालेनले ४५ हजार ९८२ मत ल्याएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले २७ हजार ४२३ मत पाएकी छन् । 

त्यस्तै नेकपा एमालेका केशव स्थापितले २६ हजार ४५४ मत ल्याएका छन् ।

सिर्जनासँग बालेनको १८ हजार ५५९ को मतान्तर छ । 

salt training

कमेन्ट गर्नुहोस्