
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५३ हजार मत कटाएका छन् ।
बुधवार बिहानको अपडेट अनुसार मेयर पदमा साहले ५३ हजार ५६ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ३३ हजार १६६ मत ल्याएका छन् ।
नेपाली कांग्रेसकी सिर्जना सिंहले ३३ हजार १०५ मत ल्याएकी छन् ।
१ लाख ६४ हजार ५६० मत गन्दा साहले फराकिलो मतान्तरसहित अग्रतालाई निरन्तरता दिएका छन् ।
अर्का उम्मेदवारद्वय स्थापित र सिँहबीच भने तीव्र प्रतिस्पर्धा देखिएको छ ।
उनीहरू केही मतान्तरले अघिपछि पर्दै आएका छन् ।
वैशाख ३० गते मतदान भएपश्चात सोही दिनरातिबाट काठमाडौं महानगरको मतगणना शुरू गरिएको थियो । बुधवार (आज) मतगणनाको १२ औं दिन हो । मतगणना जारी छ ।