०५ साउन २०८३, मंगलबार

तिलोत्तमा नगर प्रमुखमा कांग्रेसका खाँण र उपप्रमुखमा एमालेकी चौधरी विजयी

तिलोत्तमा नगर प्रमुखमा कांग्रेसका खाँण र उपप्रमुखमा एमालेकी चौधरी विजयी

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन्  ।

उनी एमाले उम्मेदवार मोहन चापागाइँलाई ७६५ मतले हराउँदै तिलोत्तमाको नगर प्रमुख पदमा विजयी भएका हु्न् ।

तिलोत्तमाको प्रमुखमा काँग्रेस नेता खाँणले २४ हजार ३९६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्दी एमाले उम्मेदवार चापागाइँले २३ हजार ६३१ मत प्राप्त गरे  । 

त्यस्तै उपप्रमुखमा भने फराकिलो मतान्तर सहित एमालेकी उम्मेदवार जागेश्वरीदेवी चाधरी विजयी भएकी छन्  ।

उपप्रमुखमा निर्वाचित चौधरीले २३ हजार ८६ मत प्राप्त गरिन् । 

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे ।

१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा ९ वटा वडाको अध्यक्षमा काँग्रेस र ८ वडाको अध्यक्षमा एमालेले जीत निकालेका छन् ।

प्रमुखमा विजयी बनेका खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्