असार २२, २०७९
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी कैलालीले बुधवार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले स्थानीय तहको चुना...
कैलालीका पालिकामा स्थानीय तह निर्वाचनअन्तर्गत कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया शुरू भएका छन् ।
निर्वाचनका लागि पालिकामा मतदाता नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन, मनोनयन दर्ताजस्ता कार्य भएका छन् ।
निर्वाचन आयोगले १५ दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गरी सक्न निर्देशन दिएपछि निर्वाचन अधिकृतका कार्यालयले निर्वाचनका गतिविधि शुरू गरेका हुन् ।
कैलालीको टीकापुरमा ८ जना कार्यपालिका सदस्य चयन गर्न १८ गते निर्वाचन हुने भएको छ । टीकापुर नगरपालिका कार्यपालिका सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिइन् । ‘३ पार्टीबाट ११ जनाको उम्मेदवारी परेको छ । अल्पसंख्यकमा कुनै पार्टीबाट उम्मेदवारी परेको छैन,’ ओडले भनिन्, ‘स्थानीय तहको निर्वाचनमा विजेता बनेका ५ जना र बाहिरबाट ३ जना हुने गरी हुने ८ जना कार्यपालिका सदस्य चुनिनेछन् ।’
कार्यपालिका सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीबाट ५ जनाको उम्मेदवारी परेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ महिला सदस्यका लागि कैलाशपति चौधरी, रुपमति डगौरा थारु र सरस्वती तिरुवा र २ दलित सदस्यका लागि दीपकबहादुर निसानी र मञ्जु विकलाई उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेसले २ महिला सदस्यमा टंक वली कार्की र राजारानी चौधरीको नाम दर्ता गरेको छ । दलित सदस्यमा रामबहादुर नगार्जीको उम्मेदवारी परेको छ । नेकपा माओवादी केन्द्रले २ दलित सदस्य दिलु कामी र चन्द्र नेपाली तथा १ महिला सदस्यमा लबरी चौधरीलाई उम्मेदवार बनाएको छ ।
जानकी गाउँपालिकामा पनि कार्यपालिका सदस्य चयनका लागि मतदाता नामावली प्रकाशन भएको छ । जानकीमा ६ जना कार्यपालिका सदस्य चयनका लागि १५ गते निर्वाचन गरिने निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत विश्वदीप बेसारा बताउँछन् । ‘मतदाता नामावली प्रकाशन गरेका छौं,’ बेसारा भन्छन्, ‘अब दाबी विरोध, मनोनयन दर्तालगायका कार्य हुनेछन् । अनि १८ गते निर्वाचनको तयारी छ ।’
कैलालीको जोशीपुर गाउँपालिकामा पनि १८ गते निर्वाचन हुने निर्वाचन अधिकृत शिवराज भट्टले जानकारी दिए । भजनीमा कार्यपालिका सदस्य चयनका लागि १७ गते निर्वाचन हुने भएको छ । भजनीमा ८ सदस्य चयनका लागि १३ जनाको उम्मेदवारी परेको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी कैलालीले बुधवार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले स्थानीय तहको चुना...
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । बुधवार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक स्थगित गरेर आज ११ बजे बस्ने तय गरिएको हो । पार्टी नेतृत्वको टीम प्रतिनिधिसभा बैठकमा सहभाग...
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू भएको छ। गत आइतवारदेखि जारी बैठक कमलादीस्थित प्रज्ञा भवनमा शुरू भएको हो। बिहीवारको बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सद...
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रालयको कार्यभार ...
प्रतिनिधि सभाको बुधवारको बैठकमा गणपूरक संख्या नपुगेपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको छ । सांसद झपटबहादुर रावलले गणपूरक संख्याको गणना गर्न माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले ३ मिनेट घण्टी बजा...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर विरोधीहरूलाई गतिलो जवाफ दिएको बताएका छन्। माओवादी केन्द्रको तेस्रो दिनको बैठकलाई सम्बोधन गर्दै प्र...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...