×

NMB BANK
NIC ASIA

तुलसी श्रेष्ठको हत्या भएको प्रहरीको निष्कर्ष, रगत लतपतिएको मुँग्रो भेटियो

जेठ १५, २०७९

NTC
Premier Steels

मोरङ कटहरी गाउँपालिका–२, आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव आइतवार बिहान फेला परेको छ । ‘भाइको कृषि फर्म जान्छु’ भनेर हिँडेका श्रेष्ठको हत्या गरेर फालेको प्रहरीले निष्कर्ष निकालेको छ । 

Muktinath Bank

प्रहरीका अनुसार शनिवार राति साढे १० बजे घरदेखि करीब डेढ किलोमिटर उत्तर जमटोकी टोलको थानमार्गमा रहेको भाइ चित्रकुमार श्रेष्ठको कृषिफर्ममा जान्छु भनेर तुलसी हिँडेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको शव चित्रकुमारको कृषि फर्मदेखि करीब ५० मिटर दक्षिण बाँझो खेतबारीमा भेटिएको हो । 


Advertisment
Nabil box
Kumari

श्रेष्ठको निधार र हातमा धारिलो हतियारले प्रहार गरेको चोटपटक देखिएको छ । विभिन्न भागहरूमा चोटपटक लागेको र घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेपछि शव खेतमा फ्याँकेको जस्तो देखिने प्रहरीले जनाएको छ । 

Vianet communication

‘घटनाको प्रकृति हेर्दा हत्या गरेर फालेको देखिएको छ,’ घटनास्थलमा अनुसन्धान गर्न पुगेका मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘तालिमप्राप्त कुकुरसमेत ल्याएर हामीले सबै कोणबाट अनुसन्धान शुरु गरेका छौँ ।’ गहन अनुसन्धान गरेकोले थप विषय चाँडै खुल्ने उनले सुनाए ।

अविवाहित तुलसी भाइसँग कटहरी–२ आदर्श टोलमा बस्दै आएका थिए । उनीहरू ६ जना दाजुभाइ हुन् । मृतक तुलसी माइला हुन् ।

भाइ चित्रकुमारको श्रेष्ठको सिंघिया खोलापारि कोल्ड सेन्टर छ । उनले बिहीवार मात्र कटहरी–२ मा युवराज श्रेष्ठको कृषि फर्म ४ लाख रूपैयाँमा लिएका थिए । कृषि फर्म लिनका लागि उनले १० हजार रूपैयाँ बैना पनि दिइसकेका थिए ।

चित्रकुमारको कृषि फर्म नजिक कटहरी–१ का रमेश माझीको कृषि फर्म छ । त्यही कृषि फर्म रहेको फरकलाल माझीको जग्गामा तुलसीको शव भेटिएको हो ।

फरकलालले रमेशलाई जग्गा लिजमा दिएका हुन् । रमेशले दुई वर्षदेखि जग्गा लिजमा लिएर कृषि फर्म चलाउँदै आएका छन् । 

शव भेटिएको ५० मिटर उत्तर रमेशको कृषि फर्म नजिक रगत लतपतिएको बाँसको मुँग्रो पनि प्रहरीले फेला पारेको छ ।

घटनास्थल नजिक शव भेटिएको र रगत लतपतिएको मुँग्रो पनि माझीको कृषि फर्म अगाडि भेटिएपछि प्रहरीले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरू कृषि फर्ममा काम गर्नेहरू हुन् ।

‘घटनाको अनुसन्धान र सोधपुछको लागि लगिएको हो,’ अनुसन्धान खटिएका मोरङ प्रहरीका डीएसपी राजन कार्कीले भने, ‘प्रहरीले सबै कोणबाट अनुसन्धान शुरू गरेको छ ।’ 

थप विषय अनुसन्धानपछि मात्र खुल्ने उनले बताए । प्रहरीले शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा ल्याएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x