असोज १६, २०८०
पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ। पञ्चाङ्ग निर्णायक समितिले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दशैंक...
जेठ १५, २०७९
पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको साढे ५ घण्टा हुँदासमेत भेटिएको छैन ।
प्रतिकूल मौसमका कारण सम्भावित स्थानहरूमा खोजी कार्य जारी रहे पनि हराइरहेको विमान साढे ३ बजेसम्म नभेटिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले हराएको भन्ने अनुमान गरिएको ठाउँसम्म खराब मौसमका कारण खोजी कार्यमा परिचालन भएको नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टर पुग्न नसकेको बताएका छन् ।
खोजी कार्यमा परिचालन गरिएको हेलिकप्टरलाई जोमसोममा 'डाइभर्ट' गरेर तयारी अवस्थामा राखिएको उनको भनाइ छ । अर्कोतर्फ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई स्थलगतसमेत परिचालन गरिएको उनले बताए ।
महाप्रबन्धक ठाकुरका अनुसार पाइलटको मोबाइलमा फोन गर्दा फोन लागे पनि फोन उठिरहेको छैन । 'करीब साढे १ बजे हामीले पाइलट प्रभाकर घिमिरेको मोबाइलमा फोन गर्दा फोनको रिङ बजेको थियो, तर फोन उठेको छैन,' ठाकुरले लोकान्तरसँग भने, 'नेपाल टेलिकमबाट उक्त मोबाइलको लोकेसन माग्दा मुस्ताङको टीटी देखाएको छ ।' तर, त्यसतर्फ मान्छे पठाउँदा भने विमान नदेखिएको उनले बताए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा अहिलेसम्म पनि जहाज सम्पर्कविहीन रहेको बताउँछन् । कुन ठाउँमा जहाज हराएको हो भन्ने कुरा नै अहिलेसम्म यकीन हुन नसकेको उनले बताए ।
मुस्ताङको आकाशमा आएर विमान सम्पर्कविहीन भएकाले सम्भावित सबै ठाउँमा खोजी कार्य जारी रहेको उनको भनाइ छ । 'खास गरेर उपल्लो र तल्लो क्षेत्र सबै ठाउँमा खोजी कार्य जारी छ,' उनले लोकान्तरसँग भने, 'बिहानैदेखि कुहिरोले ढाकेर मौसम प्रतिकूल भएको हुनाले पनि खोजी कार्यमा समस्या भइरहेको छ ।'
आज बिहान ९:५५ मा पोखराबाट उडेको तारा एयरको जहाज १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । जहाजमा चालक दलका ३ सदस्यसहित १९ यात्रु छन् । विमान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन छ ।
पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ। पञ्चाङ्ग निर्णायक समितिले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दशैंक...
पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कान्तिदेवीका जेठाजुद्वय ५९ वर्षीय चन्...
निषेधाज्ञाका (कफ्यू)बीच बाँकेको नेपालगञ्जमा झडप भएको छ । झडप हुँदा ३ सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, बाँकेले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीले सामान्य ...
मंगलवार दिउँसो गएको भूकम्पको असरले बझाङमा विद्यालयबाट फर्किरहेका विद्यार्थी र सडकमा काम गरिरहेका मजदुरहरू घाइते भएका छन् । भोपुरमा सुख्खा पहिलो र खस्दा ३–४ जना विद्यार्थी र जालेबगरमा ढुंगाले ल...
धार्मिक तथा साम्प्रदायिक अभिव्यक्ति दिएर धार्मिक हिंसा भड्काउन खाजेकोे आरोपमा धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएका छ । उनलाई सुनसरी प्रहरीले सोमवार साँझ नियन्त्रणमा लिएको हो । हिन्दू धर्मका धर्म...
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...