×

NIC ASIA

तत्कालका लागि रोकियो मन्त्रिपरिषद् हेरफेर, बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति

जेठ २३, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

संसदमा विचाराधीन बजेट पारित नगरी मन्त्रिपरिषद् फेरबदल नगर्ने सत्ता गठबन्धनबीच सहमति भएको छ ।

Muktinath Bank

यससँगै नेकपा एसले सिफारिस गरेका ४ जनाले तत्काल मन्त्रीको शपथ लिन नपाउने भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदमा बजेटको मन्त्रालयगत छलफल शुरू भएको अवस्थामा मन्त्रीहरूले जवाफ नदिई फेरबदल गर्नु संसदीय परम्परा विपरीत हुने भन्दै मन्त्रिपरिषद् फेरबदल तत्कालका लागि स्थगित भएको हो ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान बसेको सत्ता गठबन्धनको बैठकले तत्काल मन्त्रिपरिषद् नचलाउने निर्णय गरेको छ । ‘कम्तिमा बजेट पारित नहुँदासम्म कुनै पनि दलका मन्त्री नफेर्ने सहमति भयो,’ बालुवाटार बैठकको निर्णयबारे नेकपा एसका एक नेताले भने । 

Vianet communication

गठबन्धनको सहमतिबारे नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सरकारका मन्त्रीहरूलाई जानकारी गराएका छन् ।

स्रोतका अनुसार नेता नेपालले बालुवाटार बैठकमा पार्टीको सिफारिस अनुसार नयाँ मन्त्रीलाई शपथ गराउन आग्रह गरेका थिए तर प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नगरी मन्त्री फेर्न नहुने बताएका थिए । 

नेकपा एसले मन्त्री फेर्ने निर्णय गरेसँगै अन्य दलमा पनि दबाब बढेको थियो । देउवाको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहमत भएपछि मन्त्री फेर्ने नेकपा एसको निर्णय अलपत्र बनेको छ । 

आइतवार बसेको पार्टी सचिवालयको बैठकले ४ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ सिफारिस गरेको थियो । नेपालले आइतवार नै प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाएका थिए । 

स्वास्थमन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति मन्त्री प्रेम आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठलाई सरकारबाट फिर्ता बोलाउने निर्णय एसले गरेको थियो । 

४ मन्त्रीलाई फिर्ता बोलाएर स्वास्थ्यमा भवानी खापुङ, शहरी विकासमा मेटमणि चौधरी, संस्कृतिमा जीवनराम श्रेष्ठ र श्रममा शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिस गरिएको थियो । 

गठबन्धनका शीर्ष नेताहरूबीच सोमवारको बैठकमा अन्य विषयमा भने खास छलफल नभएको बालुवाटार स्रोतले जानकारी दियो । मन्त्रीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न ४ मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समेत ध्यानाकर्षण गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x