
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० जना कनिष्ठ कार्यक्रम सहायक पदका लागि दरखास्त आह्वान गरेको छ ।
बुधवार सूचना जारी गर्दै लघुवित्तले ५० जना कर्मचारीका लागि विज्ञापन खुलाएको हो ।
इच्छुक उम्मेदवारले १५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंमा या कम्पनीको इमेलमा आवेदन पठाउन सक्नेछन् ।
एसईई वा सोसरहको परीक्षा उत्तीर्ण भएकालाई काम गर्ने अवसर रहने लघुवित्तले जनाएको छ ।
परीक्षा लिखित र अन्तर्वार्ता गरी दुई किसिमको हुनेछ ।
