माघ २०, २०७९
नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भ...
पाेखरा | जेठ २८, २०७९
पोखरा–३१, वेगनासको महडाँडामा शुक्रवारदेखि कृषि उपज बजार केन्द्र शुरू भएको छ । उद्घाटन समारोहमा भेटिएकी २६ वर्षीय सृजना सापकोटाको मुहारमा अरू बेलाभन्दा बेग्लै चमक थियो ।
‘दुई पैसो आम्दानी होला कि भनेर दिनदिनै गरिरहेको खेतीकिसानी उँभो लाग्ने भो अब,’ हाते झोलामा ल्याएको काँक्रो र प्लास्टिकमा ल्याएको नुन खुर्सानीको पोको झिक्दै उनले भनिन् । त्यो काँक्रो उनले उद्घाटनमा आएका आगन्तुकलाई निःशुल्क खुवाउन ल्याएकी रहिछन् ।
गाउँमा उनले पाँचवटा भैँसी पालेकी छन् । दूध बेच्ने ठाउँ नभएकाले भैँसी पाले पनि ब्याउने बित्तिकै बेच्दा १५/२० हजार नाफा हुन्छ रे । बारीमा फलाएका तरकारी डोकामा र झोलामा लिएर उनी घरघर पसलपसल चहार्छिन् । यसबाट दिनको ५०० रूपैयाँ मुस्किलले कमाइ हुने उनी बताउँछन् । तर दिनभरको समय जाने हुँदा खेतबारीकै काममा भनेअनुरुप उनले समय दिन पाउँदिनन् । ‘अब मैले यो सबै दुःखबाट धेरथोर छुट्कारा पाउने भएँ,’ उनले भनिन् ।
पोखराको महत्त्वपूर्ण जैविक विविधता क्षेत्र वेगनास ताल जलाधार क्षेत्रका कृषकहरूको सुविधाका लागि शुक्रवारदेखि स्थानीयस्तरमै कृषि उपज बिक्री केन्द्र सञ्चालनमा आएको हो ।
केन्द्रले बजार मूल्यमा कृषकको उत्पादन खरिद गर्नेछ भने पोखराका मुख्य बजारमा आपूर्ति गर्नेछ ।
पछिल्लो समय धेरै मानिसलाई कृषिमा आकर्षित गर्न र सोही पेशामै टिकाइराख्न पोखरा महानगरपालिकाका करीब आधा दर्जन वडामा यो अभ्यास शुरु भएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा यस्ता कृषि उपज बजार केन्द्र सञ्चालन भइरहेका छन् ।
यसैअन्तर्गत शुक्रवारदेखि वेगनासको महडाँडामा कृषि उपज बिक्री केन्द्र स्थापना भएको हो । स्थानीय कोट देउराली कृषि सहकारी संस्थाको अगुवाइमा उक्त उपज केन्द्र सञ्चालन गरिएको हो । यस केन्द्रले वेगनास क्षेत्रका करीब ३०० घर लाभान्वित हुने सहकारीका अध्यक्ष सुरेन्द्र सापकोटा भाटले बताए ।
वेगनासमा स्थापना भएको उक्त कृषि उपज बजार केन्द्रको उद्घाटनका क्रममा पोखरा महानगरपालिका कृषि तथा पशु स्वास्थ्य महाशाखाका प्रमुख मनोहरी कडरियाले यतिबेला धेरै युवाहरू कृषि पेशामा आकर्षित भएको तर बजारसम्मको पहुँच नभएकै कारण लामो समय पेशामा टिक्न नसकेको समस्या औंल्याए । यही समस्या सम्बोधन गर्न पोखरा महानगरपालिकाले गाउँगाउँमा कृषि उपज बजार केन्द्र कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।
नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भ...
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने दाबी गरेका छन् । बिहीवार अपराह्न पार्टी स्थायी कमिटी बैठक सकेर केन्द्रीय कार्याल...
नेपाली सेनाले आफूलाई आवश्यक पर्ने बूट आफैं उत्पादन गर्ने भएको छ । आफूलाई आवश्यक पर्ने बूट आफैं उत्पादन गर्ने गरी सेनाले काठमाडौंको सुन्दरीजलमा मशिनरी प्लान्ट स्थापना गरेको हो । वार्षिक ८७ हजार ५ सय जोर बू...
दुवै मिर्गौला फेल भएपछि नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन्। मिर्गौला फेल भएर डाइलसिस गराउँदैआएका कटवालको स्वास्थ्यमा थप समस्या देखिएपछि छाउनीस्थित सैनिक अस्पतालको आईसीयूमा उ...
बिहीबार काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् । त्यस्तै उनले आजै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल लगाय...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनभित्र सत्ता साझेदार दलका नेताहरूले राजनीतिक इमानदारिता नदेखाए पार्टीले सरकारबाट बाहिरिने जस्तो अप्रिय निर्णय लिन सक्ने स्पष्ट गरेको छ । बिहीबार बसेको केन्द्रीय...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...