×

NMB BANK
NIC ASIA

विमला वलीविरुद्ध मीनाको जाहेरी- ‘श्रीमान तेरो होइन, मेरो हो’ भन्दै कुटपिट गरिन्

जेठ ३१, २०७९

NTC
Premier Steels

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध जाहेरी परेको छ । तुलसीपुर उपमहानगरपालिका–५ की मीना भण्डारी बस्नेतले आफू र नाबालिका छोरी कुटपिट गरेको भन्दै वलीविरुद्ध मंगलवार इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएकी हुन् । 

Muktinath Bank

मीनाले विमलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । मीनाको जाहेरी प्रहरीले जिल्ला प्रहरी कार्यालय घोराही पठाएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अनुसन्धान र कारवाही घोराहीबाटै हुने भएकाले यहाँ आएको जाहेरीलाई घोराही पठाएका छौं,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख रञ्जन स्वाँरले भने, ‘जिल्लामा पठाउन आदेश भएअनुसार उतै पठाएका हौं ।’ 


Advertisment
Nabil box
Kumari

घरभित्र छिरेर आफू र छोरीलाई कुटपिट गरेको भन्दै मीनाले वलीविरुद्ध कारबाहीको माग गरेकी छन् ।

Vianet communication

दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्धको जाहेरी दर्ता हुने बताए । ‘राज्यमन्त्रीज्यूविरुद्धको जाहेरी जिप्रकामा दर्ता गर्छौं,’ एसपी काफ्ले भने, ‘इप्रकाबाट जाहेरी आइपुग्नेबित्तिकै हामी कानूनी प्रक्रिया अगाडि बढाउँछौँ ।’

स्वास्थ्य राज्यमन्त्री विमलाले मंगलवार बिहान एकराज बस्नेतको घरमै गएर उनकी श्रीमती मीना र छोरीलाई कुटपिट गरेकी थिइन् । साथै तोडफोड पनि गरेकी थिइन् । वलीलाई अहिले जिल्ला प्रशासन कार्यालय लगिएको लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्यायले बताए । 

राज्यमन्त्री वलीले मंगलवार बिहान आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको मीनाले बताएकी छन् । त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले ‘मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै हमला गरेको उनको भनाइ छ । 

त्यसक्रममा आफ्नो कपाल लुछेर लडाइ लात्ती र मुड्कीले हानेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । छ्ट्याउन आउँदा ६ वर्षकी छोरीलाई समेत हातपात गरेको उनको भनाइ छ । 

विमला वली उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमारको दुर्घटनाका क्रममा निधन भएको थियो । 

गत वर्ष एकराज बस्नेतसँग वलीको चुम्बन गरेको तस्वीर सार्वजनिक भएको थियो । त्यसपछि वली विवादमा तानिएकी थिइन् । 

वलीलाई अहिले बुटवल ल्याउने तयारी भइरहेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x