×

NIC ASIA

प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभाको बहुमतबाट पारित भयो विनियोजन विधेयक

असार २, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

बजेटको मूल विधेयक मानिने विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

Muktinath Bank

बिहीवार बसेको प्रतिनिधि सभा बैठकले बजेटको मूल विधेयकको रूपमा लिइने विनियोजन विधेयक बहुमतबाट पारित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार अपराह्न अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । 


Advertisment
Nabil box
Kumari

विनियोजन विधेयकलाई सभामुखले निर्णयार्थ पेश गर्ने समयमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि संसदमा उपस्थित भएका थिए । आफूले सम्हालेका मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिन नआएको भन्दै संसदमा देउवाको तीव्र आलोचना भएको थियो । 

Vianet communication

त्यसअघि संसदमा मन्त्री शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । विनियोजन विधेयक पारित भए पनि आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक भने संसदको अर्को बैठकबाट पारित गर्ने सचिवालयको तयारी छ ।

बजेटका पूरक विधेयक मानिने यी ३ विधेयकमाथि बिहीवार नै अर्थमन्त्री शर्माले विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । 

विनियोजन विधेयक पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको थियो । सरकारले गत जेठ १५ गते प्रतिनिधि सभामा अर्थिक वर्ष २०७९/०८० को बजेट पेश गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x