×

NMB BANK
NIC ASIA

परराष्ट्र सम्बन्धको आधार : ‘वान विन्डो सिष्टम’

असार ४, २०७९

NTC
Premier Steels

सदनदेखि सडक (आम नागरिक)मा हाल महत्वपूर्ण बहसको विषय बनेको छ अमेरिकाको स्टेट प्रोग्राम पाटनरसीप (एसपिपी) । सन् २०१५ अर्थात् विसं २०७२ को महाभूकम्पको समयमा प्रक्रियागत कार्य सुरु भएको भनिएको एसपिपीबारे वर्तमान समयमा १० बुँदे प्रस्तावको रुपमा सञ्चारमाध्यामबाट एउटा ‘डकुमेन्ट’ सार्वजनिक भएसँगै यसबारे थप चासो र चिन्ता बढ्दो छ ।
 
मदन भण्डारी फाउन्डेशनले आज राजधानीमा आयोजना गरेको ‘वर्तमान कूटनीतिक अभ्यास र यसका प्रभावहरू’ विषयक अन्तरसंवादमा एसपिपीबारे राजनीतिज्ञ, पराष्ट्र मामलाका जानकार तथा प्राध्यापकहरूबीच गहिरो मन्थन भएको छ । नेपाल सन्तुलित परराष्ट्र नीति, असंलग्न राष्ट्र र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध मुलुक हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा बाहेक नेपाल कुनै पनि मुलुकको सैन्य गठबन्धनमा आवद्ध नहुने स्पष्ट नै छ ।
 
नेपालको संविधान २०७२ को धारा ५१ राज्यको नीतिसम्बन्धी व्यवस्था छ । यसमा नेपालको सर्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वाेपरी हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उल्लेख छ ।
 
यो महत्वपूर्ण विषयमा ‘वान विण्डो सिष्टम’ कार्यान्वयन हुनु अति आवश्यक हुने परराष्ट्र मामलाका विज्ञहरू बताउँछन् । नेपालले उक्त नीति अबलम्बन गरिए पनि कार्यान्वयन हुन नसकेको बेला–बेलाका कूटनीतिक भ्रमण तथा कार्यक्रमहरूले देखाउँदै आएको छ ।
 
उक्त अन्तरसंवादमा सहभागी नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, “सन्तुलित सम्बन्ध कायम गरी कूटनीतिक अभ्यास गर्नुपर्छ”, नेता ज्ञवालीले थपे, “नेपाल शक्ति राष्ट्रको रणनीतिक अङ्ग बन्न सक्दैन, सैन्य होस् या गैरसैन्य, मात्र विकास साझेदार हुन्छ ।” उनले आन्तरिक राजनीतिक खपतका लागि बाह्य सम्बन्ध गिजोलिएको उदाहरण प्रस्तुत गर्दै राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धमा राष्ट्रिय एकता कायम गर्न जरुरी रहेको औँल्याए ।

Muktinath Bank

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा मृगेन्द्र कार्की हिजोको कुरामा एउटाले अर्काेलाई आक्षेप लगाउनुभन्दा समस्या समाधानमा एकाकार हुन जरुरी रहेको बताए । प्राध्यापक डा कार्कीले विगतमा पनि अमेरिकासँग गरिएको सम्झौता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी)लाई गिजोल्ने काम भएको र अहिले एसपिपी जुन अवस्थामा आइपुगेको छ, त्यो आन्तरिक व्यवस्थापनको समस्याको उपज भएको बताए ।
 
नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुनले पनि नेता ज्ञवालीको भनाइमा सहमति जनाए । उनले देशको भूराजनीति, आर्थिक, सामाजिक विषयमा ध्यान दिँदै स्वधिनता, स्वतन्त्रता र सार्वभौमसत्ता बचाउने गरी नीति अवम्बन गर्न जरुरी रहेको बताए ।
 
अन्तरसंवादमा पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले जानकारी गराएअनुसार एसपिपी सन् २०१५ अर्थात् विसं २०७२ मा संविधान बनाउने चरणकै क्रममा अघि बढेको हो । त्यस विषयमा नेपाली सेनाले रक्षा मन्त्रालयलाई पत्र पठायो । रक्षा मन्त्रालयले आफ्नो प्रतिनिधि पनि राखेर पठाउनु भनेर लेखेको देखिन्छ । उनले त्यसबेला परराष्ट्र वा कानुन मन्त्रालयसँग परामर्श गरेको नदेखिएको बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका विचारमा सहमति जनाउने माओवादी नेता वर्षमान पुन पनि उक्त पत्राचारदेखि नै त्रुटि गरिएको जिकिर गर्छन् । त्यसरी पत्राचार गर्ने आधिकारिक निकाय परराष्ट्र मन्त्रालय हो । वान विण्डो सिष्टमबाटै कूटनीतिक काम हुनुपर्नेमा उनको जोड छ ।


Advertisment
Nabil box
Kumari

पूर्व मन्त्री पुनले अगाडि थपे, “जुनसुकै सरकार परिवर्तन होस्, संविधानले तोकेको नीतिभन्दा बाहिर कुनै पनि सरकार जानुहुन्न, गएको पाइएमा पार्टी, विज्ञ र नागरिकले खबरदारी गर्नैपर्छ ।” उनले गठबन्धन र दलहरूसमेत त्यसमा संलग्न हुँदैनौँ भन्ने विषयमा स्पष्ट पारिसकेको समेत जानकारी दिए । नेता पुनले सो विषयमा संसदीय समितिले नै सरकारलाई कूटनीतिक माध्यामबाट यसमा सहभागी हुने छैनौँ भनेर अमेरिकी सरकारलाई पत्राचारका लागि निर्देशन भएको पनि जानकारी गराए ।
 
यो घटनामा सेनासमेत मुछिन पुगेको देखिन्छ । नेपाली सेनाले वक्तव्य जारी गरी सरकारकै निर्देशनमा पत्राचार भएको जनाइसकेको छ । उसले सैन्य गठबन्धनका लागि नभई सहयोग साझेदारीका लागि भएको पनि सार्वजनिक गरेको छ । हुन पनि कतिपयले विपद्को साझेदारीका रूपमा अथ्र्याएका छन् भने कतिपयले सैन्य गठबन्धन नै हो भनी जिकिर गरेको पाइन्छ ।
 
त्रिभुवन विश्वविश्वालयका प्राध्याक डा मृगेन्द्र कार्कीले पहिले–पहिले दलहरूमाथि प्रश्न उठ्ने गरेकामा अब सेनामाथि पनि प्रश्न उठेकाले अब नयाँ परराष्ट्र नीतिको खाँचो औँल्याउँछन् । मानवअधिकारकर्मी सुशील प्याकुरेलले एसपिपीको चर्चाका बीच फरक–फरक स्टेटमेन्ट आएकाले सत्य, तथ्य के हो भनेर राजनीतिक नेतृत्वले स्पष्ट पार्नुपर्ने माग गरे ।
 
अर्का प्राध्यापक खड्ग केसीले एसपिपीको मामलामा कुनै न कुनै रूपमा सबै राजनीतिक दलको कमजोरी रहेको जिकिर गरे । अर्का पूर्वराजदुत नारद भारद्धाज अन्तर्राष्ट्रिय शक्तिले बिच्छ्याएको जालमा  नेपाल फस्ने गरेको र एसपिपी पनि त्यसैको उदाहरण भएको बताए । सांसद विमला पौडेल राईले पहिलेको सरकारको पालामा प्रक्रिया थालेको नेपाली सेनाले नयाँ सरकार आएपछि किन जानकारी दिएन, त्यस विषयमा पनि गम्भीर हुन जरुरी रहेको बताइन् । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x