×

NMB BANK
NIC ASIA

जंगल जाँदा बालिका बलात्कृत, गर्भ रहेपछि सार्वजनिक भयो घटना

असार ७, २०७९

NTC
प्रतीकात्मक तस्वीर ।
Premier Steels

मोरङ मिक्लाजुङमा बंगुरको चारो खोज्न जंगल गएकी १४ वर्षीया बालिका बलात्कार भएको घटना सार्वजनिक भएको छ । ती बालिकाको गर्भ बसेपछि घटना सार्वजनिक भएको हो । 

Muktinath Bank

घटना बाहिरिएसँगै प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलात्कार आरोप लागेका मिक्लाजुङ गाउँपालिका–४ का ४४ वर्षीय छविराज चाम्लिङ राई भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार चार महिनाअघि बालिकालाई राईले बलात्कार गरेको खुलेको छ । 

Vianet communication

बंगुरलाई चारो खोज्न बालिका जंगल पुगेका बेला राईले नियन्त्रणमा लिएर २०७८ माघ २६ गते बलात्कार गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना बाहिर ल्याएमा र कसैलाई सुनाएमा मारिदिनेसम्मको धम्की दिएको बालिकाले परिवारलाई बताएकी छन् । 

बालिकाका बुबाले आरोपित राईविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइसकेका छन् । बालिकाको पेटमा रहेको गर्भ राईको हो कि होइन भनेर थप यकिन गर्न प्रहरीले डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । 

बलात्कारमा संलग्न भनिएका राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउनलाई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

बालिका अचानक बिरामी परेपछि उपचारका लागि अस्पतालमा लग्दा  गर्भ रहेको खुलेको हो । स्वास्थ्य परीक्षण गराउँदा ४ महिनाको गर्भ रहेको पत्ता लागेको मोरङ प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x