१९ असार २०८३, शुक्रबार

२५ हजार भारूसम्मले बढ्यो टाटा मोटर्सको गाडीको मूल्य

२५ हजार भारूसम्मले बढ्यो टाटा मोटर्सको गाडीको मूल्य

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो उत्पादनहरूको मूल्य बढाएको छ । 

कम्पनीले यसको प्यासेन्जर गाडीहरूको मूल्य वृद्धि गरेको घोषणा गरेको हो ।

हाल बजारमा सवारी साधन निर्माण एवम् उत्पादनलाई आवश्यक कच्चा सामग्री, वस्तुहरू, सेमी कन्डक्टर, स्टिल, आल्मुनियम र अन्य धातुहरूको मूल्य बढ्दो छ । 

यसो हुँदा सावरी साधन निर्माणको खर्च पनि बढ्छ । त्यसैले कम्पनीका अनुसार सवारी साधन बिक्री मूल्य समेत बढाउनुपर्ने आवश्यकता परेको हो ।

टाटा मोटर्सले भारतीय बजारमा गत अप्रिल २३ देखि लागू हुनेगरी आफ्नो गाडीहरूको बिक्री मूल्य बढाएको छ । त्यसमध्ये प्यासेन्जर भेइकल (गाडी)को मूल्य मोडल र भेरियन्ट अनुसार १.१ प्रतिशतसम्म बढाएको छ ।

कम्पनीले यसभन्दा अघि गत जनवरीमा समेत गाडीको मूल्य ०.९ प्रतिशतसम्मले बढाएको थियो । यसर्थ, सन् २०२२ मा टाटा मोटर्सका उत्पादनको मूल्य बढेको यो दोस्रो पटक हो ।

टाटा मोटर्सले यसपटक नेक्सन ईभी को मूल्य भने भारु २५ हजार रुपैयाँले बढाएको छ । भारतीय बजारमा टाटा मोटर्सको उत्पादनमध्ये टियागो, पन्च र ह्यारिअर लोकप्रिय छन् ।

नेपालमा भने टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको टियागो, टिगोर, अल्ट्रोज, नेक्सन, एच–५, सफारी, नेक्सन ईभी र टिगोर ईभी उपलब्ध छ । यी गाडीहरूको माग बजारमा राम्रो रहेको छ ।

भारतीय बजारमा गाडीको मूल्य बढेसँगै नेपालमा पनि गाडीको मूल्य बढ्न सक्ने बताइएको छ ।

यसबाहेक कम्पनी नेपाली बजारको लागि नयाँ नेक्सन ईभी विशेष संस्करण (स्पेसल एडिसन) सार्वजनिक गर्ने तयारीमा छ । 

यो नयाँ विद्युतीय नेक्सनको बाहिरी र आन्तरिक डिजाइन पनि परिवर्तन र पृथक हुने बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्