×

NMB BANK
NIC ASIA

महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु उपयुक्त हुँदैन : सांसद पौड्याल

असार १०, २०७९

NTC
Premier Steels

राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौड्यालले महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त हुने बताएकी छन् ।

Muktinath Bank

शुक्रवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौड्यालले महिलाको विवाह गर्ने उमेर १८ वर्षमा झार्नु अनुपयुक्त भएको बताइन् । उनले शारीरिक, मानसिक र परिपक्वताको दृष्टिले पहिलोपल्ट आमा हुने उचित समय २० वर्षदेखि ३० वर्ष भएकाले नेपालमा विवाहको उमेर २० वर्ष बनाइएको उल्लेख गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिलाको विवाह गर्ने उमेर २० वर्ष पुर्‍याएसँगै नेपालमा मातृ मृत्युदर घटेको पनि उनले बताइन् । सांसद पौड्यालले कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले विवाह गर्ने उमेर घटाउनका लागि पैरवी गरिरहेको भन्दै त्यसप्रति आपत्ति प्रकट गरिन् । उनले महिलाको विवाहयोग्य उमेरको सम्बन्धमा राष्ट्रिय बहस हुनुपर्ने बताइन् ।


Advertisment
Nabil box
Kumari

उनले कानून मन्त्रीलाई महिलाको स्वास्थ्य र जीवनप्रति खेलवाड गर्ने अधिकार नभएको बताइन् । उनले भनिन्, ‘स्वास्थ्य पढेका विज्ञले भन्छन् – शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले, परिपक्वताको दृष्टिले पहिलोपल्ट आमा हुने र बच्चा जन्माउने उचित समय २४–२५ वर्ष पछाडि हो । २० वर्षदेखि ३० वर्ष उत्तम समय हो । यो जनस्वास्थ्यविद् र चिकित्सा शास्त्रले भनेको कुरा हो । यसैलाई हेरेर हामीले २० वर्ष बनाएका हौं । छिमेकी देश भारतले यसैलाई हेरेर १८ वर्षबाट मोदी सरकार आउनबित्तिकै २१ वर्ष बनायो । उहाँहरूले सशक्तीकरणका लागि, महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि र मातृ मृत्युदर घटाउनका लागि भन्नुभएको छ २१ वर्ष बनाइएको । छिमेकी देश चीनमा २० वर्ष महिलाको उमेर छ, २२ वर्ष पुरुषको उमेर छ तर हाम्रा कानून मन्त्रीले के भन्नुभयो भने यो वैज्ञानिक छैन । किन वैज्ञानिक छैन ? उहाँको उत्तर के थियो ? १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्न पाउँछ । त्यसैकारण १८ वर्षमा विवाह गर्न पाउनुपर्छ । यही हो वैज्ञानिक ? विवाह गर्ने उमेर भनेको प्रजनन स्वास्थ्यको उमेर हो । प्रजनन स्वास्थ्यमा को कतिबेला परिपक्व हुन्छ भन्ने कुरो कानून मन्त्रीले जान्ने कि स्वास्थ्य पढ्ने डाक्टरहरूले जान्ने हो ? जनस्वास्थ्यविद्हरूले भन्दैछन्, हामीले जे जति उपलब्धि अहिले हासिल गरेका छौं, मातृ मृत्युदर घटाउनका लागि महत्त्वपूर्ण फ्याक्टर भनेको २० वर्षको वैवाहिक उमेर राखेको कारणले हो । त्यो घटायौं भने हाम्रो यो उपलब्धि त घट्छ नै, त्यो सँगसँगै शिक्षा, स्वास्थ्यमा, महिला हिंसाका कुरामा उनको के हालत हुन्छ ? आफ्ना छोरीलाई १८ वर्षको उमेरमा विवाह गरिदिनका लागि हामी तयार छौं ? अनि अरुलाई भन्ने ? अनि अर्को हास्यास्पद तर्क छ, बालविवाह बढ्यो रे त्यसकारण विवाह गर्ने उमेर घटाएर १८ वर्ष पुर्‍याउने रे । तपाई १०० मिटर कुद्दै हुनुहुन्छ, अनि गोलपोष्ट चाहिँ ५० मिटरमा झारेर मैले जितें भन्ने ? कि बालविवाह घटाउनका लागि अरु उपाय अपनाउने ? त्यो भएर कानूनमन्त्रीज्यूको यो भनाई सर्वथा अनुपयुक्त छ र यसको विषयमा राष्ट्रिय बहस हुनुपर्छ । ६ महिनाको लागि मन्त्री भएर आएर वर्षौंदेखिको हामीले लगानी गरेर, हामीले उपलब्धि गरेको महिलाको स्वास्थ्य, महिलाको जीवनप्रति खेलवाड गर्ने अधिकार कानून मन्त्रीलाई छैन ।’

Vianet communication

उनले दीगो विकास लक्ष्यमा नेपालले सन् २०३० सम्ममा मातृ मृत्युदर घटाएर १ लाखमा ७० जना महिलाभन्दा कममा लैजाने प्रतिबद्धता गरिएको भन्दै यसका लागि विवाह गर्ने उमेर बढाएर २० वर्ष पुर्‍याइएको बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x