२२ असार २०८३, सोमबार

मृत्युअघि गायिकाको भावुक स्टाटस : आमा अहिले धेरै गाह्रो भयो

मृत्युअघि गायिकाको भावुक स्टाटस : आमा अहिले धेरै गाह्रो भयो

गायिका दिलमाया सुनार (बिक) ले ‘आत्महत्या’ गर्नुअघि फेसबुकमा एक भावुक स्टाटस लेखेको पाइएको छ । राजधानीको नेपालटारस्थित डेरामा शनिबार बिहान मृत फेला परेकी उनले फेसबुकमा जिन्दगीमा धेरै उतारचढाव भोगेको उल्लेख गरेकी छन् ।

उनले आमा र आफन्त सबैलाई सम्बोधन गरेर फेसबुकमा निकै निराशाजनक स्टाटस लेखेको पाइएको हो । शनिबार बिहान १ बजेर २० मिनेटमा पोस्ट भएको स्टाटसमा उनले आफूलाई अहिले निकै गाह्रो भएको भन्दै ‘आमा तिम्री छोरी धेरै थाकेकी छे’ लेखेकी छन् । उनले आफू बाँचेर पनि मरेतुल्य भएको भन्दै आफ्नो मृत्युमा कसैलाई दोष नदिन भनेकी छन् । 

उनले छोरालाई पढाएर ठूलो मान्छे बनाउने सपना भएपनि त्यो पुरा हुन नसकेको बताएकी छन् । उनले आफ्नो गीहरुलाई बजारमा ल्याइदिन भन्दै आफ्नो इच्छाले मृत्युको बाटो रोजेको बताएकी छन् । 

उनले आफूसँग पैसा नभएको र केही सुन भएकाले त्यो बेचेर छोरालाई दिन भनेकी छन् ।   सुर्खेत घर भएकी सुनार सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । १०ः ४५ बजेको समयमा कोठामा खाटमै सुतेको अवस्थामा उनलाई मृत भेटिएको हो । 

घटनाबारे अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ । केही गीतहरूमा स्वर दिएकी दिलमाया विशेष त लाइभ दोहोरी गायनमा बढी सक्रिय थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्