भदौ ३, २०७९
फ्राइडे रिलिजअन्तर्गत शुक्रवार (आज) देखि तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘कृष्ण लीला’, ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ले कृष्ण जन्माष्टमीको अवसर पारेर आफ्नो...
काठमाडाैं | असार १२, २०७९
कोटेश्वरका ३२ वर्षीय सुशील कार्की वातावरण मैत्री सेनेटरी प्याडको विषयमा जागरण फैलाउन अनवरत रूपमा सक्रिय छन् । गाउँ–गाउँमा गएर महिलाहरूलाई जागरुक बनाउँछन् अनि उपयोगी सीप पनि सिकाउँछन् ।
उनको यो यात्रा २०७२ सालमा आएको महाभूकम्पपछि शुरू भएको रहेछ ।
भूकम्पपछि राहत बाँड्न जाने क्रममा महिनावारीसम्बन्धी पीडा देखेपछि सेनेटरी प्याडसम्बन्धी जनचेतना र महिनावारीसम्बन्धी स्वच्छता अभियान शुरू गरेको कार्कीले लोकान्तरसँग बताए ।
महिनावारीको समयमा महिलाहरूले प्रयोग गर्ने प्याडले नै प्रदूषणमा योगदान गरेको पाइएपछि वातावरणमैत्री प्याड प्रयोगका विषयमा जनचेतना फैलाउन थालेको उनले बताए ।
'प्याडहरूको उचित व्यवस्थापन नभएको देख्दा मलाई निकै दु:ख लाग्यो । महिनावारी स्वच्छता कसरी हुन्छ र यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ज्ञान दिनुपर्छ भन्ने लागेर यो काम शुरू गरेको हुँ,' कार्कीले बताए ।
ग्रामीण महिलाहरूमा महिनावारी किन हुन्छ भन्ने कुराको पनि ज्ञान नरहेको र भर्खर महिनावारी भएका किशोरीहरू विद्यालय जानसमेत नमान्ने अवस्था रहेको उनले सुनाए ।
उनले यो कार्यक्रम स्थानीय सरकार र विभिन्न संघ –संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गर्दै आएका छन्, जसमा नुवाकोट, मकवानपुर, भक्तपुर, सिन्धुली, बैतडी, बाजुरा, अछाम, सर्लाही, खोटाङ गरी ९ जिल्ला समावेश छन् ।
अभियानमा उनले महिनावारी स्वच्छताका विषयमा जागरुक बनाउने मात्र हैन, पुन: प्रयोग गर्न मिल्ने प्याड निर्माण लगायतका विषयमा पनि तालिम दिन्छन् ।
विद्यालयको कक्षाकोठामा विद्यार्थी र शिक्षक सबैलाई एकै ठाउँमा राखेर तालिम दिने गरेको कार्कीले बताए ।
'घरमै खेर गइरहेको सुतीको कपडालाई सदुपयोग गरी वातावरण मैत्री प्याड बनाउन सक्छौं,' उनले भने ।
यसबाट वातावरण प्रदूषण कम गर्न सहयोग पुग्ने, गाउँमै उद्यमशीलताको विकास हुने र महिलाहरू आफैँले निर्माण गर्न सक्ने उनले बताए । सरकारले पनि यसलाई प्रवर्द्धन गर्नुपर्नेमा उनको जोड छ ।
सरकारले महिनावारी सामग्री (सेनेटरी प्याड)को आयातमा दिन लागेको ९० प्रतिशत कर छुटले यो निकै सस्तोमा र सुलभ मुल्यमा पाइने पाउने अवस्था आएपनि यसले वातावरणमा पार्ने असरका बारेमा भने सरकारले ख्याल नगरेको कार्की बताउँछन् ।
'महिनावारीको सामग्री (सेनेटरी प्याड) ग्रामिण भेगमा सजिलै पाइँदैन। पाइएका डिस्पोजेबल सेनेटरी प्याड महंगो अनि वातावरणमा नराम्रो प्रभाव पार्ने हुन्छन् । त्यसमा प्रयोग भएको केमिकलले महिलाको प्रजननसम्बन्धी स्वास्थ्यमा पनि असर गर्छ,' उनले भने ।
८० प्रतिशत ग्रामीण महिलाले कपडाजन्य सामग्रीबाट घरमै बनेको महिनावारी सामग्री गर्ने गरेको उनले बताए ।
कसरी बन्छ पुन: प्रयोग गर्न मिल्ने महिनावारी व्यवस्थापन सामग्री ?
पुन: प्रयोग गर्न मिल्ने कपडाको महिनावारी व्यवस्थापन सामग्री निर्माण गर्दा सकेसम्म कम केमिकल प्रयोग गरिएको र कम रंग जाने कटन तथा फलाटिनको कपडाको प्रयोग गरिन्छ ।
रगतलाई कपडामा लाग्न नदिन वाटर प्रुफ तथा ब्रेथेवल कपडाको समेत प्रयोग गरिन्छ । विभिन्न उमेर समूह र वजनअनुसार प्रयोग गर्न सजिलो होस् भनेर विभिन्न साइजमा उत्पादन हुने गरेको छ ।
यसलाई सजिलै धोएर पुन: प्रयोग गर्न सकिन्छ । एक चोटी खरिद गरेपश्चात यसलाई बढीमा एकदेखि दुई वर्षसम्म पुन: प्रयोग गर्न सकिछ ।
त्यसपछि यसलाई माटोमा गाडेमा कुहिएर माटोमा नै मिल्छ । त्यसैले यो वातावरण मैत्री र प्रयोग गरुञ्जेल स्वस्थ पनि रहेको उनले दाबी गरे ।
रुमालको डिजाइनमा उत्पादन गरिएकाले प्रयोग गर्न र कतै जाँदा बोक्न सजिलो तथा छरितो छ ।
हेर्नुहोस्, भिडियो :
फ्राइडे रिलिजअन्तर्गत शुक्रवार (आज) देखि तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘कृष्ण लीला’, ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ले कृष्ण जन्माष्टमीको अवसर पारेर आफ्नो...
बेलायतमा १५ वर्ष भन्दा बढी समय पण्डित्याइँ गरेर कमाएको पैसालाई नेपालमै सदुपयोग गर्ने र सफल कृषि व्यवसायी बन्ने मेघनाथको सपना चकनाचुर भएको छ । नेपालमै कृषि कर्म गर्ने र सफल व्यवसायी बन्ने सोचाइ राखेर स्वदेश ...
चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख ५९१३ नम्बरको ट्रकमा नारायणागढ तर्फ नै जाँदै गरेको बा८८प ५३०१...
मोरङको सुन्दरहरैचामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गएराति १० बजे बालकृष्ण गिरीको घरमा आगलागी हुँदा बेलबारी नगरपालिका ११का कुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी वितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– ०००० प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– ०००० प्रतिनिधिसभाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोध...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...