×

NMB BANK
NIC ASIA

जसपा विवाद

मन्त्री फेर्ने र बाबुरामलाई कारबाही गर्ने जसपाको निर्णय, अधिकार उपेन्द्रलाई

असार १४, २०७९

NTC
फाइल तस्‍वीर
Premier Steels

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकबाट मन्त्री हेरफेर गर्ने तथा छनौट गर्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

Muktinath Bank

कार्यकारिणी समितिबाट गर्नुपर्ने निर्णयको जिम्मेवारी अध्यक्ष यादवलाई तोकिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई कारबाही गर्ने अधिकार पनि अध्यक्ष यादवलाई दिइएको एक कार्यकारिणी सदस्यले लोकान्तरलाई बताए ।  


Advertisment
Nabil box
Kumari

ती सदस्यले भने,‘औपचारिक रूपमा बैठक बसेको हैन, पहिलेदेखि नै हस्ताक्षर गरिएको थियो । सबैलाई राखेर अहिले यस्तो निर्णय गरिएको हो ।’ 

Vianet communication

केही दिन अघि सम्म संसदीय दल र केन्द्रीय समितिमा बहुमत जुटाएर जसपा 'हाइज्याक' गर्ने प्रयास गरेका भट्टराईलाई कारबाही गर्नुपर्छ भन्दै केही केन्द्रीय सदस्यले यादवलाई ज्ञापनपत्र नै बुझाएका थिए।

यादवबाट असन्तुष्ट रहेका केही सांसद तथा केन्द्रीय सदस्य समेतको साथ पाएर भट्टराईले पार्टी नै 'हाइज्याक' गर्ने प्रयास गरेका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सहयोग लिएर प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत आफ्नो पक्षमा पार्न सफल भएका यादव पार्टीमा पनि फेरि बलियो देखिएका छन्।

असन्तुष्ट रहेका मध्ये केही सांसद तथा केन्द्रीय सदस्य समेतले यादवलाई नै साथ दिएपछि यादव पार्टीमा फेरी पनि बलियो देखिएका हुन्। 

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।

जसपा सरकारमा जाँदा यादवले नै ६ महिना पछि मन्त्रीहरू फेरिने भनेर मन्त्री हुन आकांक्षा राखेकाहरूलाई आश्वस्त पारेका थिए।

केही दिन अघि संसदीय दलको बैठकमा समेत अध्यक्ष यादवलाई उक्त आश्वासन पूरा गर्न मन्त्री बाहेकका सबै सांसदहरूले दबाब दिएका थिए।

नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्री परिवर्तन भएपछि जसपामा पनि मन्त्री फेर्न अध्यक्ष यादवलाई तीब्र दबाव परेको हो।

अध्यक्ष यादवले एक/दुई दिन भित्रैमा नयाँ मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री देउवालाई बुझाउने तयारी गरेका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x