×

NMB BANK
NIC ASIA

आठ महिनामा प्रेम आलेले गरेका नियुक्ति

आसेपासे भर्तीमा आलेको कीर्तिमान: २३ नियुक्ति, १०१ कर्मचारी भर्ना, १२ बर्खास्त [सूचीसहित]

असार १५, २०७९

NTC
Premier Steels

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पदमा बस्दाको ८ महिना २० दिनमा प्रेम आलेले सार्वजनिक निकायलाई आफन्त र आसेपासेको भर्ती केन्द्र नै बनाए । ३ दिनअघि मात्रै बहिर्गमन भएका आले वर्तमान सरकारका अन्य सबै मन्त्रीको तुलनामा बढी आलोचित र विवादित पनि भए । 

Muktinath Bank

आले सार्वजनिक पदमा बसेका कर्मचारीलाई गाली बेइज्जती गर्नेदेखि मन्त्रालयकै कर्मचारीलाई समेत हप्कीदक्की लगाउन खप्पिस थिए । आलेले कर्मचारीप्रति गरेको व्यवहार तथा सार्वजनिक निकायमा दिएको जिम्मेवारी एकपछि अर्को विवादमा आइरहँदा पनि उनले आफन्त र आसेपासेलाई नियुक्त गर्न छाडेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आलेले जेठ १२ गते मन्त्री पदबाट राजीनामा दिएको दिन समेत नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई हटाउन ठूलो मेहनत गरेका थिए । उनको बहिर्गमन हुने दिनमै पर्यटन बोर्ड सञ्चालक समितिको बैठक मन्त्रालयमै बोलाउन लगाए । मन्त्रालयमा बोलाएको बैठकमा गणपुरक संख्या नपुगेपछि बोर्डको सीईओ हटाउने आलेको अन्तिम कसरत असफल भएको पर्यटन मन्त्रालयकै एक उच्च अधिकारीले लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

आलेले पर्यटन मन्त्री भएपछिको पहिलो नियुक्ति नेपाल वायु सेवा निगममा कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई दिएका थिए । उनले तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलको अधिकार खोसेर अधिकारीलाई नियुक्त गरेका थिए । मन्त्री पद छाड्ने १ हप्ताअघि मात्रै आलेले आफैंले नियुक्त गरेका अधिकारीलाई बर्खास्त समेत गर्न भ्याए । उनले कार्यकारी अध्यक्ष हटाएर निगमकै कर्मचारी दीपुराज ज्वारचनलाई अस्थायी महाप्रबन्धकको जिम्मा दिए । निगममा कार्यकारी अध्यक्ष हुँदा महाप्रबन्धक र महाप्रबन्ध कार्यकारी हुँदा अध्यक्ष भूमिकाविहीन बनाउन राजनीतिक नेतृत्व नै उद्दत छ ।

Vianet communication

वायु सेवा ऐन २०१९ ले निगमको महाप्रबन्धक र अध्यक्ष दुवै हुनसक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाका कारण राजनीनिक नेतृत्वलाई पटक–पटक खेल्ने मौका मिल्ने गरेको छ । राजनीतिले नै निगम चलाउने र मनलाग्दा नियुक्त र मन नलाग्दा हटाउने पुरानै चलन निगममा बसेको नेवानिका एक पूर्व अध्यक्षले बताए ।

आलेले आफैंले नियुक्त गरेका वायु सेवा निगमका अध्यक्षलाई ७ महिनामा नै हटाउने र उनीप्रति गरेको व्यवहार सबैभन्दा बढी विवादमा आयो । आलेले कर्मचारीलाई अपशब्द प्रयोग गरेर गाली गरेको, हातपात गरेको र सुरक्षा थ्रेट दिएको विषयले आले थप विवादमा तानिए ।

मन्त्री आलेले वायु सेवा निगममै १०१ जना कर्मचारीलाई करारमा नियुक्त गरेका छन् । थप कर्मचारीलाई नियुक्त गराउने विषयमा निगम अध्यक्षले ढिलो गरेको भन्दै आलेले अधिकारीमाथि अश्लील गाली गरेको अडियो संवाद नै सार्वजनिक भयो ।

मन्त्री आलेको कार्यकालमा सबैभन्दा बढी विवाद पर्यटनका मुख्य निकाय नेपाल पर्यटन बोर्ड, वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरणकै नेतृत्वलाई चलाउँदा भएको छ । 

बोर्ड सीईओ डा. धनञ्जय रेग्मीलाई प्रक्रिया नै नपुर्‍याई हटाउन खोज्दा आलेमाथि नै ‘ब्याक फायर’ भयो । उनले रेग्मीलाई हटाउन गरेको पटक–पटकको प्रयास असफल भयो भने रेग्मीलाई हटाउन खोजेकै कारण अदालतको मानहानीसम्मको मुद्दा खेप्नुपरेको छ । 

आलेको निर्देशनमा भएको पर्यटन बोर्डकै सदस्य नियुक्तिमा पनि विवाद भयो । उनले नियुक्त गरेका १ सदस्य लिला लामाले बोर्ड बैठक टेक्नै नपाई राजीनामा दिनुपर्‍यो ।

निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने ५ सदस्यमध्ये २ जनालाई हटाएर मन्त्री आलेले २ जनालाई नियुक्त गरेका छन् । ४ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त भएका सदस्यद्वय नवाङ निमा शेर्पा र कृष्णकुमार साहलाई डेढ वर्षमै हटाएका छन् । हटाएका २ जना सदस्यको ठाउँमा अर्को २ जना नियुक्त गर्न भने भ्याएनन् । यसअघि गत चैत पहिलो हप्ता आलेले बोर्ड सदस्यमा अर्का २ जना मिलन देवकोटा र मदन आचार्यलाई नियुक्त गरेका थिए ।

आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई हटाएर नयाँ प्रदीप अधिकारीलाई नियुक्त गर्दा पनि विवाद भएको थियो । आलेले उनको नियुक्तिमा पनि अदालतको आदेश विपरीत काम गरेका छन् ।

आलेले पशुपति क्षेत्र विकास कोषमा १ सदस्य, लुम्बिनी विकास कोषमा सदस्य सचिवसहित ९ जना, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमा २ जना नियुक्त गरेका छन् । प्रतिष्ठानमा नियुक्त गरेका अध्यक्ष र कार्यकारी निर्देशक दुवैको १ वर्षभन्दा बढीको पदावधि छँदै आलेले हटाएका हुन् । प्रतिष्ठानमा आलेले अध्यक्षमा उङ्दी छिरिङ शेर्पा र कार्यकारी निर्देशकमा रुद्रप्रसाद चापागाईंलाई नियुक्त गरेका छन् ।

पछिल्लो समय आलेले तारागाउँ विकास समितिको सदस्य सचिवमा आफ्नै भतिजलाई नियुक्त गरेका छन् । आफैंले नियुक्त गरेका नारद लुइँटेललाई ३ महिनामा नै हटाएर आलेले तारागाउँको सदस्य सचिवमा भतिजा महेन्द्रकुमार थापालाई नियुक्त गरेका छन् । उनले समितिको अध्यक्षमा डडेल्धुराका सुरेशराज जोशीलाई नियुक्त गरेका छन् ।

आले पर्यटनमन्त्री भएपछि वायु सेवा निगममा नियुक्त भएका करार कर्मचारीको सूची :

पर्यटनमन्त्री प्रेम आलेले नियुक्त गरेका निकाय र प्रमुख व्यक्तिहरू:

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x