×

NMB BANK
NIC ASIA

लिलामीको होड

तरलता अभावको समयमा ठूल्ठूला लिलामी– कसरी जुट्ला लिलामी सकार्ने अर्बौं रकम ?

असार १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बैंकिङ प्रणालीमा चालू आर्थिक वर्ष लागेदेखि नै देखिएको लगानीयोग्य रकम (तरलता) अभाव अझै उस्तै छ । बैंकहरूमा तरलता अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले ठूल्ठूला लिलामीका सूचना निकालिरहेका छन् ।

Muktinath Bank

पछिल्लो समय नेपाल बैंक लिमिटेडले ठूलो लिलामीको सूचना निकालेको छ । यसले यो बेला बैंकहरूले मागेजस्तै लिलामी सकार्ने व्यक्ति पाउँदैन कि भन्ने संशय शुरू भइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखराको द फूलबारी रिसोर्टमा नेपाल बैंकले गरेको ऋण लगानी साढे दुई दशकदेखि उठेको छैन । यो रकम उठाउन बैंकले ४ असारमा ३५ दिने समय दिएर उक्त होटल लिलामीको सूचना निकाल्यो ।


Advertisment
Nabil box
Kumari

यो होटललाई नेपाल बैंकको सहवित्तीयकरणमा तीनवटा संस्थाबाट लगानी गरेको सवा अर्ब रुपैयाँको सावाँ मात्रै साढे ३ अर्ब रुपैयाँ पुगेको छ । 

Vianet communication
Laxmi Bank

होटल लिलामीमा गएकाले जसले बढी कबोल गर्छ उसैले पाउँछ । यसैका लागि इच्छुक लगानीकर्ताले बढाबढमा दाबी गर्नुपर्छ । 

यसै साता घरजग्गा व्यवसायी सुधीर बस्नेतको कोहिनूर हिल नामको एक हाउजिङ कम्पनी पनि लिलामीमा चढेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको उक्त हाउजिङले कर्मचारी सञ्चय कोषले लगानी गरेको १ अर्ब ३८ करोड रुपैयाँको ऋण चुक्ता नगरेपछि कोषले यसको सम्पत्ति लिलामीमा चढाएको हो ।

कोषले यसअघि पनि उक्त सम्पत्ति लिलामीको सूचना निकालेको थियो । बस्नेतको त्यो सम्पत्ति लिलामी नहुँदा कोषले पुनः सूचना निकालेको हो । बस्नेतको उक्त हाउजिङ करीब साढे १० रोपनी क्षेत्रफलमा निर्माणाधीन छ ।

‘पोखराको फूलबारी रिसोर्ट सामान्य हैसियत भएका व्यवसायीले सकार्न सक्दैनन् । विशेष हैसियत भएका र ठूला व्यवसायी वा विदेशी लगानीकर्ताले चासो देखाएका छन्,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी भने, ‘उक्त रिसोर्ट आन्तरिक व्यवस्थापन मिलाउन नसकेर समस्यामा गएको हुँदा व्यवस्थापन गरेर चलाउन चाहनेले सकार्न सक्छ ।’

रुचि देखाउनेमध्ये केहीले बिडिङ डकुमेन्टसमेत खरिद गरिसकेको बैंकले जानकारी दिएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा पैसाको अभाव भएको हुँदा फूलबारीको बिडिङमा को सहभागी होला भन्ने चासो छ ।

धेरैको रुचि भएकाले भएकोले कुनै न कुनै व्यवसायीले यो लिलामी सकार्नेमा बैंक विश्वस्त छ । यो रिसोर्ट सकार्न कम्तिमा पनि पौने ५ अर्ब जुटाउनुपर्छ ।

फूलबारी रिसोर्टको खराब कर्जा नउठेकाले यसैमा फेरि बैंकहरूले लगानी नगर्न पनि सक्छन् । नेपाल बैंकको फसेको ऋण उठाउन खोजेको हो ।

हेर्नुहोस्, लिलामीको सूचना :

तर, एउटा बैंकको फसेको लगानीमाथि फेरि अर्को बैंकले सोही सम्पत्ति खरिद गर्नेलाई ऋण नदिन सक्छ ।

सीईओ अधिकारी भने रिसोर्टको सम्पत्ति बिक्री गर्न लागिएकाले यसमा कर्जा खराबमा परेको विषयले सम्पत्तिको खरिद बिक्रीमा कुनै असर नपर्ने बताउँछन् । 

रिसोर्टको लिलामी सकार्न ठूला व्यवसायी, हैसियत भएका लगानीकर्ता आए भने त्यसको सकारात्मक पक्ष हेरेर अरू बैंकले लगानी गर्न कुनै समस्या नहुने तर्क पनि सीईओ अधिकारीले गरे । 

अन्तर्राष्ट्रिय निकायसँग नेपाली लगानीकर्ताले सहकार्य गरेर त्यो लिलामी सकार्न पनि सक्छन् । अहिलेसम्मको चासो र व्यावसायिक रुचिलाई हेर्ने हो भने यो रिसोर्ट लिलामी हुनेमा बैंक विश्वस्त रहेको अधिकारीले बताए । 


तरलता अभावले ठूला लिलामीलाई चुनौती

बैंक तथा वित्तीय संस्थालाई असारमसान्तको चटारो छ । राष्ट्र बैंकको नियम अनुसार यही असारभित्रै बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा कम बनाउनुपर्ने छ । 

अहिले नै बैंकहरूले सीमाभन्दा बढी लगानी गरिसकेका छन् । सीडी रेसियो मेन्टेन गर्नुपर्ने कारण अधिकांश बैंक थप लगानी गर्न नसक्ने अवस्थामा छन् । पछिल्लो समय बैंकहरूमा निक्षेप घट्दै गएकाले पनि बैंकहरू ठूलो लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।

बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायले बैंकहरूको पहिलो आवश्यकता नियामकको निर्देशनअनुसार सीडी रेसियो मेन्टेन गर्नु भएको बताए ।

राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिबाट असारभित्रै सीडी रेसियो ९० प्रतिशतभन्दा कम बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । 

सो व्यवस्थाको पालना गर्दै खराब कर्जा (एनपीएल) पनि घटाउनुपर्ने हुँदा धेरैजसोले आवको अन्तिमतिर ऋण लगानी गर्न सक्दैनन् । 

डुबेको व्यवसायमा बैंकले पुनः लगानी गरिहाल्ने अवस्था पनि हुँदैन । त्यसैले कुनै पनि लिलामी जसले लिने हो उसैले स्रोतको व्यवस्थापन मिलाएर आउनुपर्छ ।

यस्तो अवस्थामा एउटा सम्पत्ति बिक्री गरेर अर्को खरिद गर्ने पनि हुनसक्छ । अन्यथा लिलामी गर्दैमा नहुन पनि सक्ने बुझाई बैंकर्स संघका अध्यक्षको छ । 

असार मसान्तको चटारोले प्राथमिकता ऋण लगानीभन्दा पनि ब्यालेन्ससिट मेन्टन गर्नुमा हुने हुँदा यो बेला ठूलो लिलामीमा ऋण प्रवाह हुने सम्भावना न्यून हुने तर्क पनि बैंकर्स संघका अध्यक्ष उपाध्यायको छ ।

उनका अनुसार मौद्रिक नीतिपछि बैंक कसरी जाने भन्ने स्पष्ट हुन्छ भने सोहीअनुसारको रणनीति बनाउनुपर्ने हुन्छ । 

यद्यपि आ–आफ्नो अवस्थाअनुसार बैंकले लगानी गर्न सक्ने हुँदा अहिले नै हतार गरेर आकलन गर्न नहुने तर्क उपाध्यायको छ ।

बैंकहरूमा यो वर्ष ५ प्रतिशतले मात्रै निक्षेप बढ्दा कर्जा वृद्धि भने १४ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थामा पैसा नभई बजारमा जाँदैन ।

पैसा बजारमा नगएसम्म त्यसको प्रभावकारिता हुँदैन । त्यसो हुँदा अहिले तरलता अभाव र आवको अन्तिममा आएका लिलामीमा लगानी जुट्न चुनौतीपूर्ण छ ।

यस्तो अवस्थमा कसैले पैसा जुटाउन नसकेको लिलामी नहुने पनि हुन सक्छ । बैंकहरूले गरेको लिलामी एकपटकमा नहुँदा पटक–पटक सूचना जारी गर्नु परिरहेको पनि छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x