×

NMB BANK
NIC ASIA

करेन्ट लागेर ४ जनाको मृत्यु

असार १८, २०७९

NTC
Premier Steels

देशका विभिन्न ठाउँमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । 

Muktinath Bank

उदयपुर, त्रियुगा नगरपालिका-३ मोतिगडा बस्ने २६ वर्षीय अजय मल्लिकको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित गुहे खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैंलाई करेन्ट लाग्दा बेहोस भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषा, जनकनन्दनी गाउँपालिका-६ कठाल बस्ने ३६ वर्षीय पशुपति साह बनियाको शुक्रबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने सरोज साह बनियाको घरको छानोको अलबेस्टर छाउने क्रममा करेन्ट लागेर छानोबाट लड्दा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै  मृत्यु भएको हो । 


Advertisment
Nabil box
Kumari

रसुवा, नौकोण्ड गाउँपालिका-३ स्थित नौकुण्ड गाउँपलिकको कार्यालयमा नेटको तार जोडने क्रममा करेन्ट लागेर गोरखा आरुघाट गाउँपालिका-४ घर भएका २० वर्षीय प्रेम बरामको शुक्रबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको त्रिशुली अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । 

Vianet communication

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ तातोपानी डेरा गरी बस्ने कालिकोट पलाता गाउँपालिका-९ घर भएकी ३४ वर्षीया हजुरा बमको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । 

छतमा रहेको सरिया निकाल्ने क्रममा बिद्युतको तारमा सरियाले छुँदा  करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x