
आमा
तिमी छौं र पो घर छ ।
आमा
तिमी छौं र पो भान्सा छ ।
आमा
तिमी छौं र पो प्रेम छ ।
आमा
तिमी छौं र पो चासो राख्ने कोही छ ।
आमा
तिमी छौं र पो औँशी पुर्ने छ ।
आमा
तिमी छौं र पो घर उज्यालो छ ।
आमा
तिमी छौं र पो सन्तानको चासो छ
आमा
तिमी छौं र पो सन्तानको सुःखमा निष्कपट हाँसो छ ।
आमा
तिमी छौं र पो कोही चासो राख्ने छ ।
आमा
तिमी छौं र पो घर निरन्तर चलेको छ ।
आमा
भलै तिमी जान्दिनौं र पनि तिमीमा प्रयास छ ।
आमा
तिमी मात्र एक हौं जसमा सबैको आस छ ।
आमा
तिमी बोल्दा चल्दा सन्तानको सुर्ता छ ।
आमा
तिमी छौं र घरमा परम्परा चलेको छ ।
आमा
तिमी छौं र घरमा आफन्तको आगमन छ ।
आमा
तिमी छौं र पो मलाई सिकायत गर्ने कोही छ ।
आमा
मात्र तिमी छौं र पो मेरो सबथोक छ ।
आमा
तैपनि म भड्किन्छु आमा तिमी बिगार्ने हौं भनेर
आमा
तिमी बोल्दिनौं खाली माफ दिन्छौं सहेर ।
आमा
तिमी छौं र दुनियाँ छ ।
आमा
तिमी छौं र मेरो घर अनि परिवार छ ।