×

NIC ASIA

पार्टी महासचिवबारे माओवादीमा तीन विकल्पमा छलफल

असार २२, २०७९

Prabhu Bank
NTC
Premier Steels

महासचिवमा प्रभावशाली नेताहरूले दाबी गरेपछि पदाधिकारी टुंंगो लगाउन नसकेको नेकपा माओवादी केन्द्रमा तीनवटा विकल्पबारे छलफल शुरू भएको छ ।

Muktinath Bank

मंगलवार र बुधवार बसेको माओवादीका पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकमा महासचिवबारे तीन विकल्पमा छलफल भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई प्रभावशाली नेता जनार्दन शर्मा या वर्षमान पुनलाई महासचिव बनाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चाहना छ । दुवैले दाबी नछाडेका कारण प्रचण्ड निर्णयमा पुग्न सकेका छैनन् । महासचिवका आकांक्षी दुई जनाले आफूलाई ‘कम्फरटेबल’ हुने व्यक्तिलाई महासचिव बनाउन प्रचण्डलाई सुझाव दिएका छन् । 


Advertisment
Nabil box
Kumari

वर्षमान र जनार्दनलाई महासचिव बनाउन नसकिएमा तेस्रो व्यक्तिलाई महासचिव बनाउने विकल्पमा पनि छलफल भइरहेको माओवादी स्रोतले बतायो । कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, शक्ति बस्नेत या हरिबोल गजुरेललगायतका नेतालाई महासचिव बनाउने विकल्पबारे पनि प्रचण्डले नेताहरूसँग छलफल गरिरहेको स्रोतले बतायो । 

Vianet communication

तेस्रो विकल्पको रुपमा महासचिव पद रिक्त राखेर अन्य पदाधिकारी नियुक्त गर्नेबारे छलफल चलिरहेको ती नेताले लोकान्तरलाई बताए । ‘तत्कालका लागि महासचिव पद रिक्त राखेर अन्य पदाधिकारी चयन हुने सम्भावना नै प्रबल छ,’ प्रचण्डनिकट ती नेताले लोकान्तरसँग भने । 

पूर्व माओवादी घटकसँग एकताको पहल भइरहेकोले उनीहरूलाई पार्टी एकताका ल्याउने भन्दै महासचिव पद रिक्त राखेर जाने तयारी रहेको स्रोतले बतायो । बुधवार बस्ने बैठकमा प्रचण्डले यसबारे केही प्रस्ताव राख्ने तयारी गरेका छन् । पदाधिकारी टुंग्याउनु पर्ने केन्द्रीय सदस्यहरूको दबाबका कारण मंगलवार बैठक स्थगित गरेर पूर्व स्थायी कमिटी सदस्यको बैठक राखिएको थियो । 

पूर्व स्थायी कमिटी सदस्यको घटुवा नहुने !

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी र पोलिटब्युरो कमिटी पनि गठन गरेर जाने तयारी गरेको छ । स्थायी कमिटी गठन गर्दा यसअघिका स्थायी कमिटी सदस्यलाई सोही पदमा राख्ने सहमति भएको माओवादीका अर्का एक नेताले जानकारी दिए ।

‘यसअघि स्थायी कमिटीमा रहेकालाई स्थायी कमिटीमा राख्ने सहमति भएको छ,’ पूर्व स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरसँग भने । 

महासचिव टुंगाउन नसक्दा गत पुसमा सम्पन्न माओवादी महाधिवेशनले पदाधिकारी टुंगाउन सकेको थिएन । सोमवारको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई पूर्णता दिँदै सदस्यको नाम प्रस्ताव गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x