×

NMB BANK
NIC ASIA

असार सकिन लाग्दा उदयपुरमा २७ प्रतिशत खेतमा मात्र रोपाइँ

असार २६, २०७९

NTC
फाइल तस्बिर
Premier Steels

उदयपुरमा यसवर्ष धान रोपाइँ तुलनात्मक रुपमा ढिलो भएको छ । समयमै वर्षा भए पनि धानको बिउ हुर्कन समय लागेकाले रोपाइँ ढिलो भएको हो ।  

Muktinath Bank

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार यसपटक जेठको सुरुदेखि नै वर्षा पर्याप्त भए पनि रोपाइँ भने ढिलो भएको छ । धानको बीउ समयमा हुर्कन नसकेका कारण जिल्लाका धेरै स्थानमा धान रोपाइँ ढिला भएको ज्ञान केन्द्रले जानकारी दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाको मुख्य धान उत्पादन क्षेत्रको पकेट मानिएको त्रियुगा नगरपालिकाको जोगिदह, पोर्ताह, लक्ष्मीपुर, बगाहा, राजाबास तथा गैरुन र चुहाडे, असारी क्षेत्रमा अझै पनि धान रोपाइँ आधा पनि सकिएको छैन । कतिपय स्थानमा रोपाइँ सुरु नै नभएको कृषक बताउँछन् ।


Advertisment
Nabil box
Kumari

चौदण्डीगढी नगरपालिकाको सिवाइ, सुन्दरपुर, हडिया, बेलही, क्षेत्रमा पनि भर्खर मात्र धान रोपाइँ सुरु भएको चौदण्डीगढी नगरपालिकाका कृषकहरुको भनाइ छ । यस्तै जिल्लाको धान उत्पादन पाकेट क्षेत्र मानिने बेलका नगरपालिकाको पुरनदह, तपेस्वरी, बानडाँडा, भागलपुर, आम्बासी, सेतीखोला, लालसिसुवा, जहडा, गुरुङचौरी, बरगाछी क्षेत्रमा हालसम्ममा ४० प्रतिशत मात्र धान रोपाइ भएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए । 

Vianet communication

कटारी नगरपालिकाको त्रिवेणी, हरैया, मरुखोला, सोमबारे रिस्कुसहितका स्थानमा पनि हालसम्ममा २५ प्रतिशत जतिमा मात्र धान रोपाइँ भएको स्थानीय कृषक बताउँछन् । 

जेठको दोस्रोे हप्तादेखि नै वर्षा सुरु भएको तर धानको बीउ हुर्कन ढिला भएका कारण धान रोपाइ निकै ढिलो हुन पुगेको कृषकले बताएका छन् । जिल्ला कृषि ज्ञानकेन्द्रका प्रमुख महेश चौधरीका अनुसार यसपटक जिल्लाको तराईका चार नगरपालिकाभन्दा बढी धान रोपाइँ पहाडी पालिकामा भइरहेको छ ।

लिम्चुङबुङ र उदयपुरगढी गाउँपालिकामा झण्डै ४० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । यस्तै रौतामाई गाउँपालिकामा पनि ३८ प्रतिशत रोपाइँ भएको छ भने ताप्लीमा ३५ प्रतिशत रोपाई भइसकेको छ । पहाडी गाउँ पालिकाहरुको तुलनामा तराईका चार नगरपालिकामा धानको बीउ समयमा हुर्कन नसकेका कारण धान रोपाइँ ढिलाइ हुन पुगेको कृषक बताउँछन् । 
उदयपुरमा १४ हजार हेक्टरमा धानखेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रका प्रमुख महेश चौधरीले जानकारी दिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x