×

NMB BANK
NIC ASIA

प्रदेश १ सरकारको बजेट ९० प्रतिशत खर्च, मन्त्री भन्छन् – असारे विकासमा सुधार भयो

असार २८, २०७९

NTC
Premier Steels

तल्लो तहसम्म संरचना नहुँदा प्रदेश सरकारले खर्च गर्न नसकेको भनेर विरोध भइरहेका बेला प्रदेश १ सरकारले खर्चमा सुधार ल्याएको छ । 

Muktinath Bank

प्रदेश सरकारले चालू आर्थिक वर्षमा पुँजीगततर्फ ९० प्रतिशत बजेट खर्च गरेको छ । असार २५ गतेसम्म प्रदेश सरकारले बजेटको ९० प्रतिशत खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्षका लागि प्रदेश १ सरकारले पुँजीगततर्फ १८ अर्ब ६ करोड ३० लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा १६ अर्ब ८५ करोड बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए । 


Advertisment
Nabil box
Kumari

गत आर्थिक वर्षमा पुँजीगत खर्च ६५ प्रतिशत मात्रै भएको थियो । चालू आर्थिक वर्षमा प्रदेश सरकारले ३४ अर्ब ५४ करोड १३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये  ३० अर्ब २८ करोड खर्च भएको प्रदेश कोलेनिकाले जनाएको छ । चालूतर्फ १६ अर्ब ६३ करोड ८ लाख बजेटमध्ये ७९ प्रतिशत बजेट खर्च भएको छ । स्थानीय तहको अनुदान ९८ प्रतिशत बजेट खर्च भएको प्रदेश कोलेनिकाले जनाएको छ । 

Vianet communication

असारे खर्चमा पनि सुधार

प्रदेश १ सरकारले असार १–२५ गतेसम्म २५ दिनमा ९ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको छ । चालूतर्फ ३ अर्ब २३ करोड र पुँजीगततर्फ ६ अर्ब ४४ करोड रूपैयाँ अर्थात् ३१.९५ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । 

अघिल्ला आर्थिक वर्षको तुलनामा बजेट खर्चमा सुधार हुँदै आएको छ । प्रदेश सरकार बनेको पहिलो वर्ष असारमा मात्रै बजेटको ५० प्रतिशत भुक्तानी गरिएको थियो । आर्थिक वर्ष ०७६/०७७ को बजेटमा केही सुधार गरेर असारमा ४० प्रतिशत भुक्तानी भएको थियो ।

आव २०७७/०७८ मा ३० प्रतिशत भ्ुक्तानी असारमा गरिएको छ । चालू आवमा अघिल्ला वर्षभन्दा कम भुक्तानी भएको प्रदेश कोलेनिकाका सूचना अधिकारी ऋषिकुमार खनालले बताए । 

‘वैशाख अन्तिमदेखि नै झरी–बादलका कारणले प्रदेशमा विकास निर्माणका काम भएका छैनन्,’ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले भने, ‘निर्माण व्यवसायीहरू भुक्तानी लिन असार लागेपछि मात्रै आएकाले असारमा खर्च बढी देखियो ।’ उनले यसपटक असारे विकास रोकिएको दाबी गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x