कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
विकासको कुरुप नमूना बनेको ललितपुरको भैँसेपाटी सडक निर्माणको कुरा संसदमा पनि उठेको छ ।
मंगलवार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद खीमलाल देवकोटाले भैँसेपाटी सडक अलपत्र पारिएको विषयमा सरकारको जवाफ माग गरेका हुन् ।
भैँसेपाटी सडक निर्माणका लागि आफू दर्जनाैं पटक सरोकारवाला निकायमा पुग्दा पनि कसैले नसुनेको उनले बताए । ‘यो मुलुकमा सरकार छ छैन, सरकार कसले चलाएको छ ? मैले बुझ्न सकेको छैन । भैँसेपाटीको ५ सय मिटर सडक बनाउन मैले दर्जन चोटि विभागीय मन्त्रालयका कर्मचारीलाई हारगुहार गरेँ,’ देवकोटाले भने, ‘राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, दुई दुईचोटी अर्थमन्त्री भएका विष्णु पौडेल, देशभरको सडक निर्माणको अवसर पाएका रघुवीर महासेठ र पूर्व उपप्रधानमन्त्री वामदेव गौतम (अहिले यही संसदमा हुनुहुन्छ) हिँड्ने त्यो बाटो ६ वर्षदेखि लथालिंग र भद्रगोल छ । यो विषयमा सरकारको विभागीय मन्त्रीको जवाफ चाहन्छु ।’
भैँसेपाटी सडक मर्मतमा भएको ढिलाइ र त्यसले निम्त्याएको दुर्घटनाको विषयमा लोकान्तर डटकमले दर्जनौँ पटक स्टोरी लेखेको छ । नेकपा एमालेका खेलकुद विभाग प्रमुख लीलाबहादुर थापा र विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले सडकमै आएर लोकान्तरमार्फत मन्त्रीहरूप्रति आक्रोश पोखेका थिए ।
भैंसेपाटी उकालोमा भत्किएको सडकमा उभिएर रवीन्द्र मिश्रले भने– पूराना पार्टीलाई भोट दिँदासम्म अवस्था यस्तै हो, सुध्रिँदैन ! pic.twitter.com/p6M37GvoJW
— Lokantar News (@Lokaantar) September 23, 2021
पछिल्लो पटक लोकान्तर डटकममा प्रकाशित सामग्रीले यो सडकको बारेमा बहस शुरू भएको छ । सडक विभागका महानिर्देशक र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुखको लापरवाहीबारे लेखिएको सामग्रीपछि ठेकेदारले काम शुरू गर्ने बताएको छ ।
पढ्नुहोस् भैँसेपाटी सडकबारे लेखिएका स्टोरी
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...