×

NMB BANK
NIC ASIA

बागलुङ नगरद्वारा श्वेतपत्र जारी

असार ३१, २०७९

NTC
Premier Steels

बागलुङ नगरपालिकाले नगरको समग्र स्थिति झल्काउने गरी श्वेतपत्र जारी गरेको छ । नगरपालिकाद्वारा शुक्रवार आयोजित श्वेतपत्र सार्वजनिकीकरण समारोहमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, प्रशासनिकलगायत क्षेत्रको यथार्थ अवस्थाको जानकारीका लागि श्वेतपत्र सार्वजनिक गरिएको बताए ।

Muktinath Bank

समृद्ध नगरको लक्ष्य हासिलका लागि वार्षिक, मध्यकालीन र दीर्घकालीन योजना तय गर्न श्वेतपत्रले आधार तयार गर्ने उनको भनाइ छ । नगरको यथार्थ स्थितिबारे नगरवासीलाई सुसूचित गर्नका साथै संस्थागत सुशासन कायम गर्न श्वेतपत्रले सघाउने विश्वास लिइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्वेतपत्रको शुुरूमै नगरपालिकाको आफ्नै प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा असहजता निम्तिएको उल्लेख छ । नगरपालिका कार्यालय अहिले तत्कालीन कृषि विकास कार्यालय, जिल्ला विकास समितिको कार्यालय, महिला तथा बालबालिका कार्यालयको भवनबाट सञ्चालित छ ।


Advertisment
Nabil box
Kumari

वडा नं ३ मा रहेको नगरपालिकाको आफ्नै भवनलाई भने अपायक परेका नाममा प्रयोगविहीन अवस्थामा छाडिएको छ । १४ वडामध्ये ११ वटा वडाको आफ्नै भवन रहेको र बाँकी भाडाको घरबाट चलेको श्वेतपत्रमा उल्लेख छ ।

Vianet communication

नगर विकास कोषको ऋण सहयोगमा वडा नंं ४ मा निर्माण गरिएको बसपार्क फरफराक भई हस्तान्तरण हुन नसक्दा सञ्चालनमा आउन नसेकेको नगरप्रमुख श्रेष्ठले सुनाए । उनका अनुसार बसपार्क बनाउँदा ल्याएको ऋणको साँवा र ब्याजमार्फत वार्षिक रु एक २७ लाख भुक्तानी गर्नुपर्ने दायित्व नगरपालिकालाई छ । 

नगरपालिका  क्षेत्रभित्र पक्की सडक ४० किमि, ग्रावेल सडक १२ किमि र कच्ची सडक २०० किमि गरी करिब २५२ किमि सडक निर्माण गरिएको श्वेतपत्रमा उल्लेख छ । पूर्वाधारतर्फ खानेपानी, सिँचाइ, पुल, ढल निकासजस्ता योजनाको प्रगति र समस्यालाई पनि श्वेतपत्रमार्फत उजागर गरिएको छ । विषयगत क्षेत्रका विवरण, मानव संशाधन, चालु आवको बजेट र कार्यक्रम कार्यान्वयनको स्थितिलाई पनि श्वेतपत्रमा समावेश गरिएको छ । 

चालु आवमा अनुमानित आन्तरिक राजश्व रु छ करोड ६८ लाख ११ हजार रहेकामा गत जेठ मसान्तसम्ममा रु चार करोड ५५ लाख १० हजार संकलन भएको जनाइएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा स्थानीय तह संस्थागत स्वमूल्यांकनमा ३८.२५ र वित्तीय जोखिम मुल्याङ्कनमा ५६ अंक प्राप्त गरेको उल्लेख छ ।

सोही समारोहमा नगरपालिकाको ११ औँ नगरसभाबाट पारित आव २०७९/८० को नीति, कार्यक्रम, योजना र बजेट किताबसमेत सार्वजनिक गरिएको थियो । विगतमा छ महिनापछि मात्र बजेटको किताब ल्याउने गरिएकामा यसपालि आर्थिक वर्ष सुरु नहुँदै सार्वजनिक गरिएको नगरपालिकाले जनाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x