०३ साउन २०८३, आइतबार

प्लस सुविधाहरू सहित दोब्बर–तेब्बर भुक्तानी दिने सिभिल बैंकको मुद्दती योजना

प्लस सुविधाहरू सहित दोब्बर–तेब्बर भुक्तानी दिने सिभिल बैंकको मुद्दती योजना

सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरू – दोब्बर प्लस र तेब्बर प्लस ल्याएको छ । 

यी मुद्दती योजनाहरू अन्तर्गत ग्राहकहरूले आफ्नो मेहेनतको कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दाे दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

यति मात्र नभई यी मुद्दती योजनाहरूमा नेपालमै पहिलो पटक रु दश लाख सम्मको जीवन बीमा सुबिधा (रिलायन्स लाईफ इन्सुरेन्ससंगको सहकार्यमा) र रु दश लाखको दुर्घटना बीमा सुबिधा (अजोड इन्सुरेन्स संगको सहकार्यमा) निःशुल्क रुपमा उपलब्ध गराईने बैंकको भनाइ छ ।

६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरूले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिना कुनै झन्झट उपलब्ध गराईनेछ ।

बैंकले वचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशत सम्मको ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ ।

सात लाख भन्दा बढी ग्राहकहरूलाई ११५ शाखाहरू, १३ एक्सटेन्सन काउन्टरहरू र ९९ एटिएम मार्पmत सेवा प्रदान गरिरहेकोे छ । साथै बैंकले गत आषाढ मसान्त सम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्