×

NMB BANK
NIC ASIA

राइडर एप्लिकेसनको दुरुपयोगः राति १० बजेपछि जब सुप्रीयालाई ‘तेरो रेट कति हो’ भन्दै फोन आयो !

साउन ५, २०७९

NTC
Premier Steels

केही दिनअघि भक्तपुरकी सुप्रीया (नाम परिवर्तन) कामका सिलसिलामा आफन्तको घर ठमेल आएकी थिइन् । आफन्तको घरमा खाना खाएर राति १० बजे आसपास भक्तपुर जानका लागि उनले ‘ड्राइभिङ एप’ इनड्राइभरबाट ट्याक्सी बुक गरिन् । ट्याक्सीमा चढेर उनी भक्तपुर घर गइन् ।

Muktinath Bank

अर्को दिनभर घरमा व्यस्त भइन् । राति सुत्ने बेला १० बजेको समयमा उनको मोबाइलको घण्टी बज्न थाल्यो । मोबाइलमा फोन गर्नेले उनलाई ‘तेरो रेट कति हो ? राम्री छस्, ५ हजार दिन्छु, कहाँ आउछेस् ?’ भन्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोन गर्नेको कुरा सुनेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । उनलाई के गरु, कसो गरु भयो । त्यो दिन उनले मोबाइल अफ गरिन् ।


Advertisment
Nabil box
Kumari

त्यसपछि उनले सोच्न थालिन्, ‘किन यस्तो फोन आयो ? कसले कहाँ नम्बर शेयर ग¥यो ?’ उनले दिमाग खियाउन थालिन् ।

Vianet communication

क–कससँग आफ्नो नम्बर छ ? कसले यस्तो गर्न सक्छ ? उनी रनभूल्लमा परिन् । आफूसँग सम्पर्कमा रहेका सबै व्यक्तिको सम्पर्क नम्बर पनि चेक गरिन् । उनलाई कसैमाथि शंका लागेन तर उनलाई याद आयो अघिल्लो दिन इनड्राइभरबाट बुक गरेको ट्याक्सी ड्राइभरले हो कि भन्ने लाग्यो । त्यसपछि उनी प्रहरी कहाँ पुगिन् ।

संयोगले प्रहरी कहाँ उनले चिनेकै तेस्रोलिङ्गी महिला पनि त्यहाँ आएकी रहिछन् । कसैले उनको फोटो दुरुपयोग गरेर सामाजिक सञ्जाल फेसबूकमा ‘फेक अकाउन्ट’ खोलेर विभिन्न व्यक्तिहरूको नम्बर शेयर गरेको रहेछ । सुप्रीयाले आफ्नो फोन नम्बर पनि त्यहाँ देखेपछि झन् चकित परिन् ।

दुवै जनाले साइबर ब्यूरोमा उजुरी दिए । सुप्रीयाले ट्याक्सी ड्राइभरमाथि शंका लागेको बताइन् । ती तेस्रोलिङ्गीले फेक अकाउन्ट बनाउनेलाई कारवाही गर्न भन्दै उजुरी दिइन् ।

प्रहरीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ का २४ वर्षीय कर्मा स्वाङसिङ लामालाई नियन्त्रणमा लियो । उनी नियन्त्रणमा आइसकेपछि सुप्रीया र तेस्रोलिङ्गीको फोटो प्रयोग गर्ने एकैजना भएको तथ्य खुल्यो ।

प्रहरीलाई दिएको बयानका अनुसार लामाले रातिमा ठमेल लगायतका क्षेत्रमा ट्याक्सी चलाउने गरेको र इनड्राइभरमार्फत यात्रा गर्ने युवतीहरूको फोन नम्बर, ठेगाना राखेर पोर्न साइडहरूमा पठाइदिने गर्ने गरेको खुल्यो ।

‘यसले राम्री युवतीहरूको ठेगाना फोन नम्बर पोर्न साइडमा समेत पठाउने गरेको देखिएको छ,’ ब्यूरोका इन्स्पेक्टर राजकुमार खड्गीले लोकान्तरसँग भने, ‘यसले त्यति मात्र नभएर फेक अकाउण्ट खोलेर समेत दुरुपयोग गरेको देखिएको छ ।’

इन्स्पेक्टर खड्गीका अनुसार व्यक्तिको सम्पर्क नम्बरबाट फेक अकाउण्ट बनाउने अनि ‘यो नम्बरकी केटी यौनकर्मी हो’ भन्दै शेयर गर्दा रहेछन् । त्यहाँ दिएको नम्बरबाट फोन गरेर निर्दोष व्यक्तिहरूलाई फसाउने गरेको देखिएको छ । त्यति मात्र नभएर उनले सामाजिक सञ्जालहरूमा ‘सन्डे मेटिरियल’ नामको म्यासेन्जर ग्रूप बनाएर समेत नम्बर शेयर गर्ने गरेको खुलेको छ । 

‘तेस्रोलिङ्गीहरूको नामबाट फेसबूक खोलर यस्ता कुरा राख्दा मानिसहरूले विश्वास गर्ने भएकाले मैले खोलेर राख्ने गरेको हुँ,’ प्रहरीको प्रारम्भिक बयानमा लामाले भनेका छन् । प्रहरीका अनुसार उनले रातिमा ठमेल, दरबारमार्ग लगायतबाट ड्राइभिङ एपमा सम्पर्क गरेर युवतीलाई फसाएको देखिएको छ ।

ब्यूरोका इन्स्पेक्टर खड्गीका अनुसार पछिल्लो समय ‘शेयरिङ एप’ पठाओ, टुटल, इनड्राइभरमा समस्या देखिएको छ । 

‘शेयरिङ एपहरू चलाउँदा व्यक्तिहरूले सुरक्षाको विषयमा पनि ध्यान दिनुपर्ने देखिएको छ । एपमार्फत सम्पूर्ण इन्फरमेसन जाने भएकाले भविष्यमा थ्रेट देखिन्छ,’ खड्गीले लोकान्तरसँग भने ।

ब्यूरोले लामालाई बुधवार पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x