×

NIC ASIA

गोसाइँकुण्ड मेलाका लागि खाद्यान्न ढुवानी शुरू

साउन ७, २०७९

Prabhu Bank
NTC
Premier Steels

पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्न निलाद्री पर्वत पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गर्न थालेका छन् ।

Muktinath Bank

साउन २७ गते जनैपूर्णिमा लाग्ने गोसाइँकुण्डको विशेष धार्मिक मेलामा १५ हजार भक्तजन आउने गोसाइँकुण्ड क्षेत्र विकास समितिले आकलन गरेलगत्तै धार्मिक मार्गका होटल व्यवसायीले खाद्यान्न जोहो गर्न थालेको लौरी विनायकका व्यवसायी पासाङ ग्याल्पो तामाङले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धुञ्चेमा ४३, तिवारी बगरमा २, खन्तीमा २, देउरालीमा १, डिम्सामा २, चन्दनबारीमा ७, चोलाङपाटीमा २, लौरी विनायकमा ३ र गोसाइँकुण्डमा ४ गरी यी ९ स्थानको धार्मिक मार्गमा ६७ स्थायीरूपले बनेका होटल तथा लज रहेको होटल व्यवसायी संघले जनाएको छ ।
  
गोसाइँकुण्ड जाने धार्मिक यात्रुलाई खान तथा बस्न कुनै समस्या नपर्ने होटल संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले जानकारी दिए । एकैसाथ स्थायी होटलले नथेग्ने समस्या आएमा अस्थायी छाप्रो थर्कुको व्यवस्था हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

खाद्य सामग्री भरिया तथा खच्चर, घोडाद्वारा ढुवानी भइरहेको र करिब ५० बोरा चामल गोसाइँकुण्ड पुगिसकेको बताइएको छ । थप चामलसहित अन्य सामग्री ढुवानी भइरहेको जनाउँदै व्यवसायी तामाङले गोसाइँकुण्डमा मात्रै १५० बोरा चामल खपत हुने अनुमान गरेका छन् ।
 
गोसाइँकुण्ड मेलाका लागि चाउचाउ, बिस्कुट, दालमोठ, चिउरा, पानी, काजु, बदामजस्ता सामग्री समेत होटलबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको व्यवसायीले बताएका छन् । कोभिड–१९ का कारण २ वर्षसम्म यात्रुको भीड हेर्न नपाएका स्थानीय व्यवसायी यस वर्ष भक्तजनको स्वागत गर्न आतुर देखिएका छन् । 

Vianet communication

साउन २३ गते पुत्रदा एकादशीबाट स्नान शुरू भई २७ गते समापन हुने जनैपूर्णिमा मान्न २२ गते नै भक्तजन गोसाइँकुण्ड पुग्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए । तीर्थ गर्न आएका भक्तजनले लौरीको नाममा वनस्पति नकाट्न र फोहर जथाभावी नफाल्न लाङटाङ राष्ट्रिय निकुञ्जले अनुरोध गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x