×

NMB BANK
NIC ASIA

बागलुङमा जडीबुटी निकासी घट्दो

साउन १२, २०७९

NTC
Premier Steels

प्राकृतिक उत्पादनमा निर्भर रहेको बागलुङमा जडीबुटी निकासी घट्दै गएको छ । अघिल्लो वर्षको तुलनामा जडीबुटी संकलन र निकासी दुवै घटेको हो । कोरोना महामारीअघि फैलाउँदै गएको जडीबुटीको संकलन र निकासी पछिल्लो दुई वर्षमा घटेको पाइएको छ । 

Muktinath Bank

डिभिजन वन कार्यालयको तथ्यांकअनुसार बागलुङबाट विभिन्न १९ प्रजातिका जडीबुटी संकलन र निकासी हुने गरेको छ । कोरोना महामारीअघि ७० हजार किलोभन्दा बढी संकलन तथा निकासी भएको जडीबुटी कोरोना महामारीपछि आर्थिक वर्ष २०७७÷७८ मा ६३ हजार पाँच किलो मात्रै संकलन भएको थियो । उक्त जडीबुटीबाट डिभिजन वन कार्यालयले रु चार लाख ८७ हजार दुई सय ९० राजस्व संकलन गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आव २०७८÷७९ मा त्यो संख्या अझै घटेको छ । बितेको एक वर्षमा ४५ हजार एक सय ५४ किलो मात्रै जडीबुटी संकलन भएको छ । डिभिजन कार्यालयका अनुसार यो अवधिमा रु चार लाख ५४ हजार राजस्व संकलन भएको छ । 


Advertisment
Nabil box
Kumari

सर्वसाधारणलाई जडीबुटीको विषयमा जानकारी कम हुनु, उत्पादन बढाउन नसकिनु र प्राकृतिक उत्पादनमा मात्रै भर पर्नुपरेका कारण उत्पादनमै गिरावट आएको अधिकारीले बताए । राजस्वको अंक हेर्दा धेरै फरक परेको नदेखिए पनि उत्पादन अंक निकै घटेको उनले बताए । 

Vianet communication

चोरी बाटोबाट निकासी भएको जडीबुटीको विषयमा भने सम्बन्धित निकाय बेखबर छन् । बागलुङबाट गत आवमा सेतो चिनी नौ हजार पाँच सय किलो, रातो च्याउ नौ सय ९० किलो, सुगन्धावाल एक हजार ३० किलो, पाषणवेद चार हजार चार सय किलो र  ठुलो ओखती एक हजार तीन सय २० किलो निकासी भएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x