
कोरोना भाइरसको संक्रमणका कारण आइतवार थप १ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पछिल्लो २४ घण्टामा १ जनाको निधन भएको उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ सय २० जनामा नयाँ संक्रमण पुष्टि भएको छ । कूल ५ हजार ८ सय ४६ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएका हुन् । मन्त्रालयका अनुसार २ हजार ६ सय ५१ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ९६ र ३ हजार १ सय ९५ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ६७ पुगेको छ ।
संक्रिय संक्रमितमध्ये ४ हजार ४ सय २४ जना होम आइसोलसनमा, १ सय ४३ जना संस्थागत आइसोलेसन, ३३ जना आईसीयू र ५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
त्यसैगरी विगत २४ घण्टामा २ सय ९७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ३६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।