×

NMB BANK
NIC ASIA

बाढी र पहिरोका कारण नासिँदैैछ रूपसेको सौन्दर्य

साउन १७, २०७९

NTC
Premier Steels

अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रूपमै आकर्षक पर्यटकीयस्थल रूपसे झरनाको सौन्दर्य बर्सेनी आउने बाढीपहिरोको कारण नासिँदै जान थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने यो झरना अत्यन्तै आकर्षक र मनमोहक थियो । तर, विसं २०७७ साउन ५ गते सोमवारको भीषण वर्षापछि आएको बाढीले रूपसेको सौन्दर्य बिगारेपछि त्यसयता झरनाको प्राकृतिकस्वरूप नासिँने क्रम बढ्दै गएको हो । 

Muktinath Bank

समुद्री सतहबाट झण्डै एक हजार आठ सय मिटरको उचाइको यो झरना कालीगण्डकीको खोँचले बनाएको संसारकै गहिरो अन्धगल्छीदेखि केही माथि रहेको छ । यस झरनाले हुलाक टिकटमासमेत स्थान पाइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिमालपारीको जिल्ला मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने यस अन्धगल्छीमा मुस्ताङ आवतजावत गर्ने पर्यटक पुगेर अवलोकन गर्ने गर्दछन् । विश्वमै शालिग्राम पाइने एकमात्र कालीगण्डकी नदीले निर्माण गरेको अन्धगल्छीको गहिराई ६ हजार ९६७ मिटर रहेको छ । संसारको सातौँ अग्लो चुचुरो धौलागिरी र अन्नपूर्ण हिमालको बीचमा अवस्थित यो गल्छी समुद्री सतहबाट एक हजार २०० मिटरको उचाइमा अवस्थित छ । गल्छीको अवलोकन गर्न दैनिक रूपमा आन्तरिक एवं बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

म्याग्दी सदरमुकाम बेनीबजारदेखि ३० किलोमिटर उत्तरमा पर्ने रूपसे तथा अन्धगल्छी पुग्न यातायातका साधनमार्फत  करिब तीन घण्टा र  पैदल करिब एक दिनको यात्रा तय गर्नुपर्छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने अन्धगल्छी र रूपसे झरनामा बेनीबाट सवारीसाधनमार्फत तीन घण्टामा सजिलै पुग्न सकिन्छ । मुस्ताङ जाने पर्यटक सवारी रोकेर यस झरनामा फोटो खिच्छन् ।

Vianet communication

रूपसेमा रमाउने योजना बनाएका हजारौँ आन्तरिक तथा बाह्य पर्यटकले २०७७ साउनयता भने यसको पुरानो सौन्दर्यलाई देख्न पाएका छैनन् । विसं २०७७ साउनमा रूपसेमा आएको बाढीले झरनाको सौन्दर्य मात्र होइन एक होटेल, पुल र स्काभेटर समेत बगाएको थियो । झरनामा आएको बाढीले गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेसिन, बस र पुल बगाएपछि त्यस क्षेत्रको सुन्दरता नै उजाडिएको स्थानीयवासी कृष्णबहादुर पुनले बताए । पुनका अनुसार अब रूपसे झरनालाई पुरानै स्वरूपमा फर्काउन निकै श्रम र लगानीको आवश्यक पर्ने भएको छ ।

अहिले रूपसे झरना उजाड र कुरूप बनेको उनको भनाइ छ । विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रूपसेको फोटो टाँसिएको थियो । अहिले प्रचलनमा नरहे पनि रूपसेको प्रचारप्रसार त्यतिखेर देखिनै भएको स्थानीय बृद्धले बताएका छन् । 

विसं २०७५ यता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुँदै भ्रमणमा जाने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको थियो । ती पर्यटक रूपसे झरना देखेर लोभिने गरेका थिए । तर, बाढीले रूपसेको चीरहरण गरिदिएपछि सबैको सपना भताभुङ्ग भएको पर्यटन व्यवसायी शेरचनले बताए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x